२०८३ कार्तिक ११ गते बुधवार

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

काठमाडौ, २१ असोज । कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरकाकिसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतहमार्फत किसानहरुले उत्पादनगर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको पनि बताएको छ । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीयतहहरुलाई बजेट र सर्वेक्षण सम्बन्धी कार्यक्रम पठाइसकेको र केहीदिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापितहुने, कृषि क्षेत्रमाप्रवाहहुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै किसानमा सरकारी पहुँचपुग्ने आशा गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।