२०८३ असोज ६ गते मङ्गलवार

पश्चिम दाङमा अटो पल्टिदा ३ जना घाईते

तुलसीपुर, १० असोज / पश्चिम दाङमा अटो पल्टिदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर –८ दुधेना निबासी १७ बर्षका डम्बर सेन, बबई गाउँपालिका–४ निबासी ३२ बर्षकी तारा वली र सल्यानको छत्रेश्वरी गउँपालिका–१ दमाचौर निबासी ६० बर्षका पारक सेन रहेको प्रहरीले जानकारी दिएकोछ ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

खिलतपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको अन्टेष्ट अटो तिब्र गतिका कारण अनियन्त्रीत भएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १० गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।