तुलसीपुरमा पचास प्रतिशत कृषि अनुदान कार्यक्रम प्रभावकारी बन्दै

तुलसीपुर ९ असोज । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले किसानहरुलाई पचास प्रतिशत अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शाखाले किसानहरुलाई सहुलियतमा खाद्य तथा नगदे बालीका विभिन्न उन्नत जातका विउविजन पचास प्रतिशत अनुदानमा उपलब्ध गराउदै आएको छ । कृषिमा उत्पादकत्व बढाउनका लागी विभिन्न उन्नत जातका विउँविजन तथा कृषि सामग्री पनि पचास प्रतिशत अनुदानमा वितरण गदै आएको शाखा कार्यालयका प्रमुख धनराज गौतमले जानकारी दिएका छन् ।

कार्यालयले वितेको आर्थिक वर्ष ०७६÷०७७ मा पचास प्रतिशत अनुदानमा किसानलाई १ टन तोरी र ३ हजार ९ सय किलो गहुँको विउ वितरण गरेको उनले जानकारी दिएका छन् ।जसबाट पाँच सय कृषक लाभान्वित भएका छन् भने उत्पादनमा २० प्रतिशत बृद्धि भएको कार्यालय प्रमुख गौतमले जानकारी दिएका छन् । त्यस्तैगरी गएको वर्ष पचास प्रतिशत अनुदानमा किसानलाई १५३ क्वििन्टल उन्नत जातको धान र मकैको वीउ वितरण गरिएको छ । जसबाट ६४० जना कृषक लाभान्वित भएको कार्यालय प्रमुख गौतमले बताएका छन् । उनका अनुसार उक्त उन्नत वीउले थप ३०० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । कार्यालयले वmागतीको ८० हजार विरुवा वितरण गरेको छ ।
जसमा २० हेक्टर क्षेत्रफलमा कागतिको क्षेत्र विस्तार भएको छ । यस्तै १ हजार ग्राम टि.पि.एस बीयाँ र १ हजार दाना पि.वि..एस वितरण, १ हजार २ सय पाकेट च्याउको वीउ वितरण, व्यवसायिक तरकारी खेती गर्ने कृषकहरुलाई ५० प्रतिसत अनुदानमा १ सय ९० थान प्लाष्टिक टनेल वितरण, गरिएको कार्यालयले बताएको छ ।कार्यालयका अनुसार मकैवालीमा फौजिकिराको प्रकोप नियन्त्रण कार्यक्रम अन्र्तगत ८५ वटा स्प्रे टंकी र विषादी वितरण गरिएकोमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा फौजिकिराको प्रकोप नियन्त्रण भएको छ ।

क्ृmषि विकास आधुनिकिकरणका लागि उपकरण वितरण कार्यक्रम अन्र्तगत पावर ट्रेलर २० एच.पी.को ५ थान कृषि ÷कृषि सहकारी तथा समुहलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयले बताएको छ । कार्यालयले गत वर्ष बाँझो जग्गा व्यवस्थापन तथा तथ्यांक संकलन गर्न कृषि एप.स तयार गर्नुको साथै विपन्न तथा सुकुमवासीको खेती प्रयोजनका लागि जग्गा भाडा लिएर विपन्न लक्षित व्यवसायिक तरकारी खेती तालिम संचालन गरेको बताएको छ ।

२५ क्वीन्टल तोरीको विउ वितरण
तुलसीपुरमा किसानलाई पचास प्रतिशत अनुदानमा २५ क्वीन्टल तोरीको विउ वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले सोमवार देखी किसानहरुलाई पचास प्रतिशत अनुदानमा उन्नती तोरीको विउ वितरण सुरु गरेको थियो ।
कार्यालयका कृषि अधिकृत कुलराज चौधरीका अनुसार किसानहरुको माग अनुसार तोरीको विउ वितरण गरिएको हो । त्यसबाट ५१५ जना किसान लाभान्वित भएका छन् ।

किसानलाई चाहिने तोरीको विउका लागी गएको भदौ महिनामा किसानहरुबाट निवेदन माग गरिएको थियो ।किसानहरुलाई कार्यालयबाटै तोरीको विउ वितरण गरिएको हो । तोरी छर्ने सिजन भएकाले तोरीको विउ वितरण गरिएको र अब फेरी गहुँको विउ पनि पचास प्रतिशत अनुदानमा वितरण गर्ने योजना रहेको कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार
प्रतिक्रिया