दाङमा कृषि अनुदानको ८ करोड बजेट फ्रिज

दाङ, ८ असोज । दाङमा कृषि अनुदानको लागी आएको रकममध्ये ८ करोड बजेट खर्च हुन सकेन । कोरोना माहामारीका कारण यो रकम खर्च हुन नसकेको कृषिज्ञान केन्द्र घोराहीको दावी छ । तर यसबारेमा किसानहरुलाई कुन शिर्षकमा कति रकम अनुदानमा आएको हो कुनै जानकारी छैन ।

वितेको आर्थिक वर्ष ०७६÷७७ मा ८ करोड बढि रकम खर्च हुन नसकेर फ्रिज भएको छ । कृषिज्ञान केन्द्र दाङमा अनुदान कार्यक्रमका लागी आएको रकम मध्ये ८ करोड ३ लाख ८ हजार ४ सय ९८ रुपैया खर्च हुन नसकेको हो ।

कृषि ज्ञान केन्द्र घोराहीमा गत आर्थिक वर्षमा १७ करोड ९ लाख ८९ हजार अनुदान रकम आएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिएका छन् । यसरी आएको रकम मध्ये ९ करोड ६ लाख ८० हजार ५ सय २ रुपैया मात्रै खर्च भएको छ ।
आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया