मेयरदेखि सांसदसम्मले गरे दामोदर सडकको अनुगमन

तुलसीपुर, २५ भदौ । तुलसीपुरको दक्षीण क्षेत्रमारहेको निर्मानाधिन दामोदर सडकको नगर प्रमुखदेखि प्रदेश सांसदसम्मले अनुगमण गरेका छन् । निर्माणाधिन सडकको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुखको सचिवालय सदस्य मानबहादुर रावतले बताए ।

दामोदर सडकखण्ड अन्र्तगत ग्वारखोलाको गरगरुवादेखि सुकौरासम्मको सडक कालोपत्र गर्नका लागि परिम्भक चरणको काम सुरु भएको छ । अहिले सडकको नाला निर्माण, कटीङ, फिलिङ, होमपाइप क्रसीङ र साइड क्लियर गर्ने काम भईरहेको निर्माण कम्पनीका आधिकारीका प्रतिनिधी सुदिप कुवँरले जानकारी दिए । ५ न. प्रदेश सरकारको १० कारोड ८१ लाख लागतमा साढे पाँच किलोमिटर सडक  पक्की बन्न लागेको हो ।


अनुगमणमा प्रदेश सांसद द्धोय बिमला वली, शंकर गिरी, भूमि सम्बन्धी समस्या समाधान आयोग ५ नम्बर प्रदेशका प्रमुख शोभाराम बस्नेत तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, भौतिक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख वासुदेव भण्डारी, तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष श्याम डाँगी, ११ का चित्रबहादर वली, १० का कुमार लामीछाने लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र २५ गते बिहिवार
प्रतिक्रिया