तुलसीपुर खानेपानी संस्थाको सम्पुर्ण कार्यक्रम स्थगित

तुलसीपुर, २१ भदौ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अधिबेशन तथा निर्वाचन मिति स्थगित गरिएको छ । कोरोना माहामारी कारण लकडाउन तथा समुदाय स्तरमै जोखिम बढेको भन्दै संस्थाको पुर्व निर्धारित मितिलाई स्थगित गरिएको संस्थाका अध्यक्ष खेमराज वली र उपाध्यक्ष गिरधारी प्रसाद पौडेलले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

संस्थाको यस अघि बसेको कार्यसमिति बैठकले भदौ २० गते संस्थाको १६ औँ कार्यपरिषद (सयुक्त वैठक) र ११ औँ अधिबेशन गर्ने तथा आगामी असोज १० गते नेतृत्व चयनका लागी निर्वाचन गर्ने कार्यतालिका तय गरेको थियो ।

तर कोरोना माहामारी कारण उत्पन्न भएको असहज परिस्थितिले गर्दा स्थगित गरिएको उल्लेख गरिएको छ । साथै आगामी दिनमा नेपाल सरकारको निर्णय अनुसार सहज बातावरण नहुदा सम्मका लागी संस्थाका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको अध्यक्ष वली र उपाध्यक्ष पौडेलद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २१ गते आइतवार
प्रतिक्रिया