तुलसीपुरमा कोरोना संक्रमितको संख्या ९४ पुग्यो

तुलसीपुर, १५ भदौ ।

तुलसीपुरमा कोरोना संक्रमितको संख्या झन्डै एक सय पुगेको छ । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार भदौ १४ गते सम्मको तथ्याङकमा संक्रमित हुनेको संख्या ९४ पुगेको छ । जस मध्ये सक्रिय संक्रमित १८ जना रहेका छन् । जसमा ५ जना भने होम आईसोलेसनमा बसेका छन् । बाँकीको विभिन्न आईसोलेसन सेन्टरमा उपचार भईरहेको छ ।

अन्य संक्रमित निको भएर घर फर्किएको जनाईएको छ । फोकल पर्सन केसीका अनुसार तुलसीपुर क्षेत्रमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको भन्दै आईतवार मात्रै २५० जनाको स्वाव संकलन गरिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुई जना चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण पुष्ट भएपछि उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाव संकलन गरिएको केसीले जानकारी दिएका छन् ।

कोरोना परिक्षणका लागी स्वाव नेपालगन्ज पठाईएको छ । यस अघि पनि २३४ जनाको स्वाव संकलन गरि परिक्षणका लागी पठाईएको र रिपोट आउन बाँकी रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् । साथै तुलसीपुर क्षेत्रका सवै स्वास्थ्यकर्मीको स्वाव लिने तयारी पनि भईरहेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया