२०८३ मङ्सिर ८ गते मङ्गलवार

प्रादेशिक अस्पताल अगाडी सुनसान

तुलसीपुर, १४ भदौ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अगाडी रहेका सम्पुर्ण मेडिकल तथा पसलहरु बन्द भएका छन् । अस्पताल सहित अस्पताल देखी ५० मिटर वरपर दुरी सम्म सिल गरिएको छ ।

अस्पताल सहित वरपर सिल गरे संग अस्पताल अगाडीका सम्पुर्ण मेडिकल तथा किराना, फेन्सी र फलफुल पसल बन्द भएका छन् । पसलहरु बन्द भएपछि त्यस क्षेत्र अहिले सुनसान देखीएको छ । मेडिकल तथा पसल बन्द भएपछि मानिसहरुको आवतजावत न्युन रहेको छ ।

शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गर्दा अस्पतालमा कार्यरत दुई जना चिकित्सक सहित ९ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।