२०८३ असार २६ गते शुक्रवार

तुलसीपुरमा लाईनको दुरी घटाउदै विद्युत प्राधिकरण

तुलसीपुर,१४ भदौ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले विद्युत लाईनको दुरी घटाउने प्रयासमा लागेको बताएको छ ।केन्द्रको सवस्टेशनबाट वितरण गरिएका फिडर लाईनहरु ग्रामिण भेग सम्म जोडिएकाले बजार क्षेत्रमा बेला बेलामा समस्या आउने गरेको भन्दै लाईनको दुरी घटाउने प्रयासमा आफुहरु लागी परेको केन्द्रका प्रमुख जगन्नाथ लामीछानेले बताएका छन् । तुलसीपुर बजार क्षेत्रसंग जोडिएको लाईन कट्कुईया, अम्वास जस्ता ग्रामिण भेग सम्म जडान हुदा गाउँमा विग्रिदा त्यसको असर तुलसीपुर बजार सम्म पर्ने गरेको छ । अब उक्त लाईनलाई छुट्टै बनाउन सकेमा यस्तो समस्या नहुने केन्द्रका प्रमुख लामीछानेको दावी छ । जबकी गाउँमा लाईन बिग्रिएको अवस्थामा बजार क्षेत्रमा समस्या हुने छैन ।

लामो दुरीको लाईन हुदा कुनै ठाउँमा समस्या आएमा पत्ता लगाउन समेत मुस्किल परेको हुदा विच विचमा डिस्कनेक्टीङ स्वीचिङ राखीयो भने चाडै समस्या पत्ता लगाउन सजिलो हुने केन्द्र प्रमुख लामीछानेले बताएका छन् । अहिले एउटा लाईन दुई देखी तिन किलोमिटर दुरीमा रहेको छ । लामो दुरी हुला भोल्टेजमा समेत फरक पर्ने गरेको छ । जहाँ कुनै समस्या आएमा पत्ता लगाउन प्राविधिक टोलीलाई धेरै समय लाग्ने गर्दछ । सोहि दुरीलाई घटाएमा समस्याको पहिचान गर्न पनि छिटो र सहज हुने बताईएको छ ।

उनका अनुसार तुलसीपुर वितरण केन्द्रको सवस्टेशन मार्फत आँखा अस्पताल फिडर लाईन, फुलवारी फिडर लाईन , एयरपोट फिडर लाईन र मानपुर बिजौरी फिडर लाईन प्रशारण भईरहेको छ । साथै राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर खानेपानीका लागी भनेर छुट्टै ११ हजार भोल्टेजको डेडिकेटेड लाईन जडान भएको छ । डेडिकेटेड लाईन बाहेक अन्य सवै लाईन बजार क्षेत्र देखी ग्रामिण भेग सम्म जोडिएका छन् ।
ती प्रशारण लाईनको कहि कतै समस्या आएमा प्राविधिक टोलीलाई समयमै फल्ट पत्ता लगाउन मुस्किल पर्ने गरेको छ । त्यसकारण लामो दुरीको छुट्टै स्वीचिङ भएको अवस्थामा फल्ट पत्ता लगाउन सहज हुने र विग्रिएको ठाउँमा समयमै मर्मत हुने उनको भनाई छ ।
तुलसीपुरमा हाल अवस्था सवै फिडर लाईनको दुरी लामो र बजार क्षेत्र संग जोडिएका छन् ।

जसले गर्दा बजारमा विद्युत लाईन विग्रीएको अवस्थामा गाउँ सम्म असर पर्ने र ग्रामिण भेगमा विग्रिएको विद्युत असर बजार क्षेत्र सम्म पर्ने गरेको छ । केन्द्र प्रमुख लामीछानेले यो समस्यालाई हल गर्नका निमित्त सार्वजनिक बिदाको वास्तै नगरी आफुहरु शनिवार दिनभर फिल्डमै खटिएर काम गरेको बताएका छन् । लामो दुरीकै कारण भोल्टेजमा समेत समस्या आउने गरेकाले बजार क्षेत्रमा विद्युत अनियमित हुने गरेको हुदा अब त्यो समस्या केहि हद सम्म हल हुने उनको भनाई छ । हरेक फिडर लाईन अन्र्तगत बजार र ग्रामिण भेगलाई अलगअलग पार्न लागीएको छ ।

त्यस्तैगरी पश्चिम दाङको च्याटी खोला विद्युत सवस्टेशनको पनि सोहि अनुसार गर्न लागीएको छ । उक्त सवस्टेशन अन्र्तगत रहेका बाघमारे, पन्चकुले ,पुरन्धारा फिडर लाईनको पनि छुट्टाछुट्टै ब्रेकर राख्न लागीएको छ । साथै पश्चिम च्याटी खोलामो प्रशारण विद्युतलाई गहतेबाट डिस्कनेक्टीङ गर्न लागीएको छ । प्राधिकरणका अनुसार कुनै समस्या यताको उता उताको यता नहोस भन्नका लागी गरिएको हो । तुलसीपुर क्षेत्रमा पछिल्नो समय विद्युतमा धेरै समस्या आउने गरेकाले आफुहरुले सुधार गर्न हर प्रयास गरीरहेको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले बताएका छन् ।

विद्युत प्रशारण लाईनमा विविध कारणले गर्दा समस्या उत्पन्न भएकाले उपभोक्ता तथा सेवाग्राही मर्कामा परेको उनले बताएका छन् ।उनले यहि समस्यालाई मध्येनजर गदै आगामी दिनमा सुधार गर्नका लागी विभिन्न विकल्पहरु अपनाउदै काम गरीरहेको बताएका छन् । अहिले आफुहरुले गरीरहेको कामले तुलसीपुर बजार क्षेत्रमा आउने विद्युत समस्या धेरै कम हुने उनको विश्वास रहेको छ । निरन्तर आफुहरु अहिले यहि काममा लागीरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया