कोरोनाबाट बच्न मास्क र सामाजिक दूरी अनिवार्य

पछिल्लो समय कोरोना संक्रमणको वृद्धिदरको रफ्तार तिब्र गतिमा अघि बढेको छ । २४ घन्टामा बुधबार मात्रै कोरोना संक्रमणबाट ११ जनाको अकालमा ज्यान गएको छ भने ८८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै कुल सङ्क्रमितको सङ्ख्या ३४,४१८ पुगेको छ ।दिनानुदिन मृतक र कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि विभिन्न जिल्लामा निषेधाज्ञा र सिल गर्न थालिएको छ ।

दाङको तुलसीपुर र घोराहीमा गरी बुधवार १६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा तुलसीपुरमा ७ जना कोरोना संक्रमित थपिएका हुन् । तुलसीपुरबाट संकलन गरिएको १०३ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

उनिहरु तुलसीपुर – १० का ५७ वर्षका एक पुरुष, वडा नम्वर १७ का १७ बर्षीया युवती र ३ नम्बरका ४१ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीहरु मध्ये वडा नम्बर ५ का ६२ वर्षिया एक महिला, वडा नम्बर ६ का क्रमश २५ र ४१ वर्षका दुई जना र वडा नम्बर ११ का ३६ बर्षिय एक पुरुषमा कोरोना देखीएका हो भने घोराहीमा ९ जनामा कोरोना देखीएको छ ।

दाङमा समुदाय स्थरमा कोरोना पुगेपछि पालिका र जिल्ला स्तरीय विपद संकट व्यवस्थापन समिति समेत अब के गर्ने के नगर्ने भन्ने अन्यौलमा छ । लकडाउन गर्दा जनदवाव थेक्न धौ छ भने नगरे कोरोना महामारीको प्रकोप बढ्ने डर यस्तो अवस्थामा संकट व्यवस्थापन समिति र पालिकाले सुझबुझ ढंगले आफ्नो विवेक प्रयोग गर्न आवश्यक छ ।

तत्कालै लकडाउन नगरेपनि अब सामाजिक दूरी कायम, माक्स प्रयोग, निषेधाज्ञा र जोरविजोरलाई कडाईका साथ लागु गरेमा केहि हदसम्म न्युनिकरण गर्न सकिन्छ । सरोकारवाला निकाय, नागरिक समाज, सर्वसाधरण लगाएत हामी सबै अब प्रहरीले रोकिदेला र हामी बाचांैला भन्ने मानसिकताबाट टाढै रहन आवश्क छ । किनकी कोरोनाबाट बच्नु र बचाउनु हाम्रो पनि दायित्व हो । यसका लागि हामी पनि अग्रसर हुन आवश्यक छ ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया