ब्रोईलर कुखुराको मुल्य घट्यो,किसान मर्कामा

 तुलसीपुर ९ भदौ ।
तुलसीपुर ८ कट्कुईयाका कर्ण बहादुर वलीले ब्रोईलर कुखुरा पाल्न थालेको झन्डै ८ वर्ष भयो । उनले विगत देखी निरन्तर रुपमा व्यावसायीक कुखुरा पालन गदै आएका छन् । लामो समय सम्म एउटै व्यवसाय गदौ कहिले नाफा त कहिले घाटा भएको उनी बताउँछन् ।अहिले पनि उनले १ हजार ३ सय व्रोईलर कुखुरा उत्पादन गरी तिन सय वटा कुखुरा विक्रि समेत गरेका छन् ।अझै उनी संग एक हजार कुखुरा विक्रिको तयारी रहेका छन् ।
सुरुमा ब्रोईलर कुखुराबाट ठिकठिकै आन्दानी गरेका उनले पछिल्नो समयमा दाना र चल्लाको मुल्य बढ्ने तर आफुले उत्पादन गरेको कुखुराले मुल्य नपाउने भएपछि व्यवसाय घाटामा रहेको बताएका छन् । आफुले उत्पादन गरेको कुखुराको मुल्य प्राय बृद्धि नहुने तर दाना र चल्लाको मुल्य दिनप्रतिदिन बढ्न थालेपछि आफु समस्यामा परेको उनले बताएका छन् ।

धेरै मेहेनत र लगानी गरेर उत्पादन गरेका कुखुराले मुल्य नपाउँदा आफुहरु लगानी खेर जाने गरेको उनले बताएका छन् । आम्दानी बढाउनका लागी दाना उत्पादन तथा विक्रि गर्ने सप्लार्यस, चल्ला उत्पादन गर्ने उद्योग र किसान गरी तिन तह विच राम्रो व्यवस्थापन भए मात्रै आफुहरुको व्यवसाय सफल हुने उनले बताएका छन् । आफुहरु जति धेरै कुखुरा उत्पादन गरेपनि बजार मुल्य नपाउदा घाटा व्यहोर्नु परेको उनको भनाई छ । साथै व्यवसायीहरुले बेलाबेलामा आफुखुसी कुखुराको मुल्य घटाउने गरेकै कारण आफुहरु मर्कामा परेको उनले बताएका छन् । यस्तै अर्का किसान सेर बहादुर वलीले पनि कुखुरा पालन गर्न लागेको १२ बर्ष भन्दा बढि समय भयो ।एक लटमा उनले एक हजार कुखुरा पाल्दै आएका छन् ।

वर्षमा झन्डै छ लट सम्म कुखुरा उत्पादन गदै आएका उनले दुई लटमा मात्रै सोचे अनुसारको आम्दानी हुने गरेको बताएका छन् ।बाँकी चार लटमा घाटा व्यहोर्नु परेको उनको भनाई छ । चल्ला,दाना र औषधीमा समेत तालमेल नहुदा कति चल्ला मरेर खेर जाने र बचेकाले उचित बजार मुल्य नपाउँदा किसानहरु घाटामै रहेको उनले बताएका छन् । आफुहरुले जति मेहेनत गरे पनि लगानी समेत उठाउन मुस्किल परेको उनले बताएका छन् ।
आफुहरु जस्ता किसानहरुको लागी राज्यले समेत ध्यान दिन नसकेको उनको गुनासो छ ।तिन तहको सरकारले किसानले उत्पादन गरेका कुखुराको उचित बजार मुल्य निर्धारण गर्न सकेमा लगानी उठाउन सकिने उनको भनाई छ । दाना ,चल्ला र कुखुराको मुल्यको बैज्ञानिक हिसावले समायोजन हुन सकेमा सवैको लागी राम्रो हुने किसानहरुको भनाई छ ।
कुखुराको मुल्य बढाउन माग
तुलसीपुर क्षेत्रका व्रोईलर पालक किसानहरुले ब्रोईलर कुखुराको मुल्य बढाउन माग गरेका छन् । किसानहरुको सोमवार तुलसीपुरमा सम्पन्न भएको भेलाले कुखुराको न्युनतम मुल्य प्रतिकेजी दुई सय रुपैया बनाउन माग गरेका छन् ।तुलसीपुरका दाना तथा चल्ला सप्लायर्स व्यापारीहरुले आफुखुसी तयारी कुखुराको मुल्य घटाएको भन्दै उनीहरुले त्यसको विरोध जनाउदै मुल्य बढाउन माग गरेका छन् ।
व्रोईलर कुखुरा पालक किसानहरुको संगठन किसान सरोकार मन्च दाङको आयोजनामा भएका भेलामा सहभागी किसानहरुले कुखुराको मुल्य बढाउन माग गरेका छन् ।

जिउँदो कुखुराको मुल्य १९० रुपैया प्रतिकेजी भएकोमा हालै व्यवसायीहरुले आफुहरु संग कुनै समन्वय नगरी आफुखुसी मुल्य घटाएर प्रतिकेजी १७० रुपैया मुल्य निर्धारण गरेकोमा किसानहरुले आपत्ती जनाएका हुन् । दाना र चल्लाको मुल्य दिनप्रतिदीन बढ्दै जादा आफुहरु घाटामा भएको बताउदै उनीहरुले मुल्य बढाउनुको साटो उल्टै मुल्य घटाएर किसानलाई समस्यामा पार्ने काम भएको आरोप लगाएका छन् ।अहिले चल्लाको प्रतिमुल्य ९० रुपैया रहेको छ भने दानाको न्युनतम मुल्य ३ हजार २ सय ५० रुपैया प्रतिबोरा रहेको छ ।साथै व्यापारीले उक्त निर्णय फिर्ता नलिए र आफुहरुको माग पुरा नभए आफुहरु फेरी आन्दोलित हुने किसानहरुले चेतावनी दिएका छन् ।किसान सरोकार मन्चका सदस्या राजेन्द्र पोख्रेललको अध्यक्षतामा भएको भेलाको सहजीकरण मन्चका पुर्व अध्यक्ष विष्णु न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया