तुलसीपुर क्षेत्रका केहि भागमा विहानै देखी विद्युत सेवा अवरुद्ध हुदा उपभोक्ता मर्कामा

तुलसीपुर, ७ भदौ ।
तुलसीपुर बजार क्षेत्रको केहि भागमा दिनभर विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालय भित्र ११ केभीको सर्किट ब्रेकरमा समस्या आएपछि आईतवार विहान आठ बजेदेखी आँखा अस्पताल अन्र्तगतको फिडर लाईन अवरुद्ध बनेको छ ।

कार्यालयका प्रशासनिक प्रमुख युवराज विष्टका अनुसार तुलसीपुर बजार क्षेत्रको ख लाईन, बेलुवा क्षेत्र र रक्षाचौर आँखा अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध बनेको हो । विहानै देखी मर्मत कार्य सुरु गरेता पनि सर्किट ब्रेकरमा जटिल समस्या आएकाले मर्मत हुन नसकेको प्रशासनिक प्रमुख विष्टले बताएका छन् ।

साथै उनका अनुसार थप मर्मतका लागी नेपालगन्जबाट प्राविधिक टोलीलाई बोलाएको र हाल काम चलाउको रुपमा विद्युत सेवा सुचारुका लागी अन्य फिडर लाईनबाट जडान गर्ने तयारी भईरहेको छ । अबको केहि समयमा विद्यतु सेवा सुचारु हुनेछ । विहानै देखी विद्युत सेवा अवरुद्ध हुदा आँखा अस्पताल फिडर लाईन अन्र्तगतका उपभोक्ताहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार
प्रतिक्रिया