२०८३ असार २६ गते शुक्रवार

जनप्रतिनिधिको अपरिपक्व निर्णय, तुलसीपुरका दुई वडाले छुट्याए वडा सचिवको नाममा बजेट

तुलसीपुर, ४ भदौ ।

दाङका एक स्थानिय तहको दुई वडाले कर्मचारीको आवास खर्चका लागी बजेट विनियोजन गरेको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का जनप्रतिनिधिधिहरुले वडा सचिवको माग बमोजिम भन्दै चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको रहस्य खुलेको छ । वडा नम्बर ११ को वडा कार्यालयमा गत असार ८ गते वडा समितिको बैठक बसि आर्थिक बर्ष २०७७÷०७८ को लागि वडाको बजेट सिमा भित्र रही योजना छनौट गरि पठाउने निर्णय गर्यो ।

उक्त बैठकले ८१ लाख ४० हजार योजना निर्माण तथा कार्यक्रम र ३ लाख ६० हजार वडा कार्यालय ब्यवस्थापनमा बजेट छुट्याउने निर्णय गरि उपमहानगरमा पठायो । वडा कार्यालयले फेरी असार २८ गते वडाध्यक्ष चित्र बहादुर वली र सचिव लक्ष्मी रानाको हस्ताक्षर गरि योजना तथा कार्यक्रमको फेरीस्त उपमहानरमा पठायो । अघिल्लो योजना तथा कार्यक्रम सच्याउदै वडाले सिफारीस गरेको हो । उक्त सिफारीसमा वडा समितिमा भएका निर्णय भन्दा बाहिर गई वडा सचिबको आवास खर्चमा ६० हजार बजेट छुट्याएर पठाईएको छ ।

चालु आर्थिक बर्ष २०७७÷०७८ को बजेट बाडफाडका क्रममा वडा सचिव राणाले आवास खर्च छुट्याउन माग गरिन । यद्यपी वडा समितिको बैठकमा छलफल चलेपनि सदस्यहरुको चर्को विरोध पछि यसबारेमा निर्णय हुन सकेन । वडा समितिमा निर्णय हुन नसकेपछि वडाध्यक्ष र सचिवले पुन अर्को सिफारीस गरेको स्रोतले बताएको छ । वडा समितिले उपमहागरको योजना शाखामा पेश गरेको योजना तथा कार्यक्रम फरक ÷ फरक मितिमा दुई प्रति पेश भएको स्रोतले बताएको छ । वडा सचिवको आवास खर्चमा छुट्याईएको बजेटबारे वडा सदस्यहरु समेत बेखबर छन ।

वडा समितिको निर्णय विना विनियोजन भएको बजेटबारे पछि थाहा पाएपछि यसबारेमा कुरा उठाईएको वडा सदस्य घनश्याम गौतमले बताएका छन ।वडास्तरमा आवास खच भन्दै ६० हजार छुट्याईएपछि ब्यापक रुप लिए सगैं आफुले यसबारेमा कुरा उठाएको सदस्य गौतमको भनाई छ । यता वडाध्यक्ष चित्र बहादुर वलीले मासिक ५ हजारका दरले दिने गरि बार्षिक ६० हजार रुपैया एकमुष्ट छुट्याईएको बताएका छन । वडा समितिमा निर्णय नभए पनि केहि छुटेका योजनाका शिर्षक र बजेट सच्याउने अधिकार आफुमा रहेको उनले दावी गरे । यद्यपी यस विषयमा सहमति हनु नसके बजेट रकमान्तर गर्न सकिने उनको भनाई छ

यस अघि पनि वडा सचिबको माग बमोजिम कोरोना महामारीको समयमा लक्षित बर्गको लागि छुट्याईएको बजेट रकमान्तर गरि वडाले स्कुटर किनेको छ । यस्तै, वडा नम्बर १२ ले पनि वडा सचिव(कार्यालय प्रमुख)को आवास खर्च भनेर बजेट विनियोजन गरेको छ ।
वडा समितिको निर्णयअनुसार वडा नम्बर १२ ले बार्षिक ३६ हजार रुपैया बजेट विनीयोजन गरेको वडाध्यक्ष सुर्य बहादुर डाँगी श्यामले जानकारी दिएका छन । वडा सचिव भरत कुमार बुढा मगरको माग बमोजिम वडाले आवास खर्च छुट्याईएको हो । बजेट बारे विवाद तथा बेरुजु आए फिर्ता गर्न सकिने सर्तमा आवास खर्चमा बजेट विनियोजन गरिएको उनले बताएका छन ।

तुलसीपुर उपमहानगरपालीकका हरेक वडाको बजेट ८५ लाख छ । सोहि अनुसार विकास निर्माण र कार्यक्रममा बजेट छुट्याईएको छ । तर वडा स्तरको बजेटबाट कर्मचारीलाई सेवासुविधा दिने गरी बजेट विनियोजन गर्दा नागरीकहरुले भने आलोचना गर्न थालेका छन । उनीहरुले विकास निर्माणमा बजेट विनियोजना गरी खर्च गर्नुपर्नेमा जनप्रतिनिधिहरुले कर्मचारीको नाममा अनाआश्यक बजेट खर्च गर्न खोजेको आरोप लगाउदै विरोध जनाउन थालेका छन् । जनप्रतिनिधिले बजेट विनियोजन गरी विरोध भए रकमान्तर हुने र नभए खर्च गर्ने भन्नु अपरिपक्व निर्णय भएको स्थानियको आरोप छ । यस्तो किसीमको अपरिपक्व निर्णयले जनप्रतिनिधि प्रतिको विश्वास घट्दै जाने भन्दै तत्काल निर्णय फिर्ता लिन स्थानियले आग्रह छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया