दुई बर्षमा हातहातमा लालपुर्जा आउँछ : बस्नेत

तुलसीपुर / भुमि सम्बन्धि समस्या समाधान आयोग ५ – प्रदेशका प्रमुख शोभाराम बस्नेतले दुई बर्षमा भित्रमा हातहातमा लालपुर्जा बितरण गरिने बताएका छन् । तुलसीपुर उपमहागनरपालिका–८ टिकरीमा त्यहाँका स्थानीले गरेको अभिनन्दन तथा स्वागत कार्यक्रमलाई

सम्बोधन गर्दै प्रमुख बस्नेतले सुकुमबासी देखि हुकुमबासीसम्मले विनाभेदभाव पूर्ण तवरले लालपुर्जा पाउने बताए । ‘ आफ्नो नाममा एक ईन्ची जग्गा नभएकाले पनि यदि प्रति ऐलानी जग्गामा बसेको छ भने त्यसले पनि लालपुर्जा पाउँछ ,’ बस्नेतले भने–‘ पाँच विघाह जग्गा छ, त्यसको छेउँमा रहेको ३ कठ्ठा ऐलानी जग्गा पनि चर्चिदै आएको छ भने त्यसले पनि लालपुर्जा पाउँछ । ’

सरकार गरिब धनी सबैको भएको बताउँदै खासगरी पुर्खौ देखि जग्गाको मालिका नभएका गरिब, भूमिहिन, सुकुमबासी अब भूमिको मालिक हुने दिन आएको बताए ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता मेघराज भुसाल, दुर्गा चौधरी, मान बहादुर चौधरी, सुक बहादुर थापा लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर नगरकमिटी सदस्य धर्मराज वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया