२०८३ असोज २३ गते शुक्रवार

तुलसीपुरमा शनिवार ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७ पुग्यो

तुलसीपुर, ३१ साउन । शनिवार तुलसीपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको मावि सेन्टर स्कुल क्वारेन्टाईनमा बसेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । यहि साउन २८ गते उनीहरुको स्वाव संकलन गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको थियो । उनीहरु मध्ये पाँच जना भारत र अन्य ४ जना साउदी, दुवै र कतारबाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनका अनुसार तुलसीपुर वडा नम्वर ५ का १ जना, वडा नम्वर १ का १ जना, वढा नम्वर ९ का १ जना, वडा नम्वर १४ का १ जना, वडा नम्वर ४ का १ जना, वडा नम्वर १५ का २ जना र वडा नम्वर ८ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सवै क्वारेन्टाईनमै बसेको हुदा आत्तिनुपर्ने अवस्था नभएको केसीले बताएका छन् । यो संगै तुलसीपुर क्षेत्रमा कोरोना संक्रमित हुनेको संख्या ७७ पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।