पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमणसंगै मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । सुरुमा हाउँगुजी लाग्ने कोरोना भाइरस पछिल्लो समय आम नागरिकका लागि सामान्य बनेको छ । तर सोचे भन्दा झन खतरा र जोखिम बन्दै गएको छ कोरोना भाइरस । बुटवलमा शुक्रबार
देखि लकडाउन सुरु भएको छ । छिमेकी जिल्ला बाँकेको नेपालगंजमा निषेधाज्ञा जारी गरिएको छ । दाङमा भदौ १ गते देखि ८ गतेसमम्म रातको समयमा हिड्डुल गर्न बन्द गरिएको छ । समुदायमा कोरना फैलिन थालेपछि सरकार अति गम्भिर बन्दै गएको छ । लकडाउन अन्त्य
गरेको सरकार पुन लकडाउन गर्न , खोलेका होटेल रेष्टुराँ बन्द गराउन, जिल्लामा संचालनमा आएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन, संचालनको तयारीमा रहेका शैक्षिक संस्थाहरु अनिश्चित कालका लागि बन्द गराउँने निर्णय गरेको छ । पछिल्लो समय नागरिकले
उपचार नपाएको, आवश्यकता अनुसार भेन्टीलेटर नभएको गुनासाहरु पनि आएका छन् ।सुरु सुरुमा घर बाहिर निस्कन, भेला तथा जम्मा हुन, डराउने हामी नागरिकहरु अहिले बेप्रवाह ढंगले हिडिरहेका छौं । शान्ति सुरक्षमा खट्ने प्रहरी कोरोनाको महामारी बढ्न थालेपछि मास्क
लगाउ, सामाजिक दुरी कायम गर भन्दै सचेना जगाउँदै हिडेको छ । नागरिकले भने स्वम् अटेरी गरिरहेका छन् । सरकारको मुक ताकेर बस्नु भन्दा हामी यो महामारी रोगबाट बच्न सजग र सचेत हुन आवश्यक छ । नत्र पछुताउनुको विकल्प हाम्रो सामु हुने छैन् ।