लाइन झ्याप्प–झ्याप्प गर्दा लाखौंको क्षेति

भदौ २२ गते गरेको लेखाजोखा

तुलसीपुर, ३० साउन  । तुलसीपुरपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी प्रकाश श्रेष्ठको घरमा लाइन गएको घन्टौपछि आयो । लाइन त आयो तर वाइरीङ तार जलाउँदै वल्भ फोड्दै फ्रिज समेत पड्क्यो र हजारौंको क्षेति क्षणभर मै भयो । कारण थियो हाइभोल्टेज ।

विद्युतलाइन झ्याप्प–झ्याप्प आउने जाने गर्दा हाइभोल्टेजका कारण हजारौं उपभोक्ताको कुनै न कुनै ईलेक्ट्रीकल सामानमा क्षेति पुगेकै हुन्छ । श्रैष्ठको जस्तै समस्या अन्य ४÷५ घर छिमेकीलाई पनि प¥यो । तर उनको भन्दा कम क्षेति भयो । यो समस्या भोग्नु परेको थियो साउन १५ गते । जुन दिन लाइन आउँने जाने गरिरहेको थियो ।

त्यसैगरी साउन २० गते बिहान करिब ७÷८ बजेदेखि सल्यान रोडमा विद्युत लाईन गएको थियो । करिब पौने दुई बजेको थियो । कुनै विष्फोटक पदार्थ फड्के जस्तै गरि आवाज आयो । बजी रहेको रेडियो प्रकृति एफएम बन्द भयो र रेडियो सेटमा स्वाँँको आवाज आयो । ५÷६ घन्टापछि हाइभोल्टेजको लाइन झ्याप्प आउँदा रेडियोको ट्रान्समिटरको बोर्ड जल्यो ।

कारण थियो सल्यान रोड स्थित नेपाल टेलिकम नजिकै रहेको विद्युत ट्रान्समिटरमा फ्युज हाल्दा एक्कासी हाइभोल्टेजको लाइन जाँदा रेडियोमा ५० हजारको क्षेति पुग्यो । रेडियोका लागि यो नौलो घटना होइन । २०७५ साल असोज १० गते पनि सोही ठाउँमा लाइन जोड्दा झ्वारररररर गरेर पड्कीदा रेडियोको मिटर बक्स पड्कीएर आगलागी हुँदा करिब ३० हजारको क्षेति भएको थियो ।अनियमित लोडसेडिङका कारण प्रत्यक बर्ष रेडियोलाई क्षेति पुगेको रेडियो संचालक समितिका कोषाध्यक्ष नारायण खनालले बताए ।

‘लाइन झ्याप्प–झ्याप्प आउने जाने विद्युतको समस्याका कारण रेडियोमा अघिल्लो बर्ष ३० हजार र यो बर्ष ५० हजार क्षेति पुगेको छ,’ कोषाध्यक्ष खनालले भने –‘ हामीले ढिलो बिल बुझाए जरिबाना तिर्नु पर्छ उसले यति ठूलो नोक्सानी पु¥याउँदा कुनै मतलव छैन् ।’

यो त उदाहरण मात्रै हो । यस्तो समस्या यहाँका हजारौं उपभोक्ताले अनाहकमा बेहोर्दै आएका छन् । विद्युत लाईन झ्याप्प–झ्याप्प आउने जाने गर्दा उपभोक्ताहरु बिजुली बत्ती बाल्न त पाएका छैनन् नै उल्टै बिजुली आयो भनेर खुशी हुँदा उपभोक्ताले उल्टै क्षेति बेहोर्नु पर्ने अवस्था छ ।

लाइन दैनिक कतिपटक जानेआउँने गर्छ भनेर लेखाजोखा गर्दा गएको बिहिबार (२२ गते) मात्रै बिहान पौने आठ बजेदेखि राति करिब साढे नौ बजेसम्म ४४ पटक गएको छ ।  यो त नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको नियमित प्रकृया जस्तै बनेको छ । लाईन नियमित बनाउन यस क्षेत्रका उद्योगी व्यापारी लगाएतले पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई हुन सकेको छैन् ।

यता वितरण केन्द्रका प्रमुख जगननाथ लामीछानेले सिस्टम र ट्रिपका कारण यस्तो समस्या आउने गरेको बताउनुभयो । सुरुमा २÷४ पटक मात्रै लाइन गएको बताउनु भएका प्रमुख लामीछानेले पछि १० पटक सम्म लाइन गएको बताए । बर्षातका कारण विभिन्न ठाउँमा पोल ढल्ने भएकाले समस्या आउने गरेको उनको दाबी छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया