तुलसीपुरको कन्जुवारमा धानका बोट काटेपछि किसान चिन्तामा

लक्ष्मण विश्वकर्मा ,

Advertisement

तुलसीपुर, १६ साउन ।
तुलसीपुर १५ कन्जुवारमा किसानले लगाएको धानखेतीमा एकाएक प्रकोप देखा परेको छ । स्थानिय किसान भिम बहादुर गिरीले खेतमा लगाएको धानबोटहरु एकाएक काटिन थालेको बताएका छन् । धानका बोट जराबाट काटिएको छ । तर केसले काटेको हो भन्ने कुरा थाहा नभएको उनले बताएका छन् । गएको असार १ गते एक विगाहा क्षेत्रफलमा रोपेको धान मध्ये अहिले सम्म झन्डै चार कठ्ठा क्षेत्रफल सम्म क्षति पुगेको किसान गिरीले बताएका छन् । उनका अनुसार यस्तो समस्या देखा परेको ७÷८ दिन भयो ।

Advertisement

धानका बोटहरु किराले काटेको होकी मुसाले भन्ने पत्ता नलागेको उनको भनाई छ । विषादी औषधी हाल्दा समेत समस्या उस्तै भएको उनले बताएका छन् । जरा देखी धानका बोट काटिन थालेपछि विच विचमा धान सुकेको छ । धेरै नोक्सान हुन थालेपछि आफुले कृषि विकास शाखा कार्यालय तुलसीपुरलाई जानकारी गराएको र कृषि प्राविधिकले समेत स्थलगत अवलोकन गरेको उनले बताएका छन् । त्यतिबेला मुसाले काटेको आसंका गरिएको बताउदै उनले पहिलो पटक प्राविधिक टोलीले अवलोकन गर्दा खेतको गराभरी पानी नभएर मुसाले काटेको हुनसक्ने बताएपछि आफुले निरन्तर सिंचाई गरेपनि प्रकोप नरोकिएको उनको भनाई छ ।

Advertisement

प्रकोप नरोकिएपछि दोस्रो पटक फेरी कृषि प्राविधिक आएर स्थलगत अवलोकन गरेको गिरीले बताएका छन् । आफुले एक विगाहा क्षेत्रफलमा धान खेती गरेको बताउदै उनले आफनो खेतमा मात्रै अहिले यस्तो समस्या देखीएको बताएका छन् । अन्य छिमेकीको खेतमा यस्तो समस्या देखीएको छैन । मुसाले काटेको आसंका गरेता पनि कुनै मुसा अहिले सम्म नभेटिएको बताईएको छ । खेतको प्रत्येक गरा हुदै अहिले सम्म चार कठ्ठा खेतमा धानको बोट नोक्सान भईसकेको किसान गिरीले बताएका छन् ।यो प्रकोप अझै फैलन सक्ने उनको भनाई छ ।

यता कृषि विकास शाखा तुलसीपुरका प्रमुख धनराज गौतमले त्यहाको समस्याको बारेमा जानकार भएको बताउदै मुसाले नै काटेको हुन सक्ने आसंका गरिएको बताएका छन् । यद्यपी अनुसन्धान भईरहेको हुदा अहिले नै यहि हो भन्न नमिल्ने उनको भनाई छ ।त्यहाको स्थलगत अवलोकन गरी फोटोहरु लिएर एक पटक ल्याब गर्नुपर्ने भएको हुदा पहिचानका लागी पाँच नम्वर प्रदेश प्रयोगशाला पठाउने तयारी भईरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *