काठमाडौ, १६ साउन । मुलुकभरमा रोपाइँयोग्य जमिनको ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । देशभरका विभिन्न इकाइले दिएको विवरण अनुसार १३ लाख ११ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
देशभरका अधिकांश भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिए । गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो ।
प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।