बसन्त परियार,तुलसीपुर १४ जेठ ।
दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा तुलसीपुर उपमहानगरपालीका भित्र मुख्य दलहरुले उम्मेद्धारहरु सार्वजनिक गरीसकेका छन । उनीहरुलाई आ आफ्ना् पक्षमा मत माग्न भ्याई नभ्याई छ । अर्को तर्फ कुन पार्टिले कति कँहा दलित उम्मेद्धार बनायो भनेर सबैको चासोको विषय बनेको छ । मेयर र उपमेयरमा कसैको नाम नआएपनि वडामा वडाध्यक्षमा समेत उम्मेद्धार बनाउन पार्टिले चासो नदिएको पार्ईएको छ । अहिले प्रत्येक वडामा दलित महिला सदस्य अनिवार्य ब्यवस्था गरीएको छ ।
त्यो बाहेक मुख्य पदमा मुख्य दलले दलित उम्मेद्धार उल्लेख्य मात्रामा बनाउन सकेका छैनन् । दलहरुले एक दुई ठाउमा बाहेक अन्य ठाउमा मुख्य पदमा दलित उम्मेद्धार बनाउन सकेनन् । तुलसीपुर उपमहानगरपालीका भित्र १९ वटा वडाहरु रहेका छन । जहाँ दलितको बाहुल्यता रहेका वडामा दलितहरु वडा अध्यक्षको अाँकाक्षिहरु भएतापनि उनिहरुलाई टिकट दिईएको छैन । यसमा सवैभन्दा बढि नेकपा एमालेले दुई वटा वडामा दलित उम्मेद्धार बनाएको छ । वडा नम्बर ३ मा विजय विक र वडा नम्बर १४ बाट वल बहादुर विक लाई एमालेले वडा अध्यक्षको उम्मेद्धार बनाएको छ ।
यस्तै माओवादी केन्द्रले पनि एउटा वडामा अध्यक्ष पदमा उम्मेद्धार बनाएको छ । उस्ले वडा नम्बर १७ मा मानसिँह सुनार लाई अध्यक्षको उम्मेद्धार बनाएको हो । तर सवैभन्दा ठुलो दल नेपाली काँग्रेसले भने कुनै वडामा दलित उम्मेद्धार बनाउन सकेन । वडा नम्बर ७ मा जोगेन्द्र बिश्वकर्माको नाम चर्चामा आएपनि अन्तीममा आएर टिकट दिन कन्जुस्यार्ई गरेको छ । अहिले काग्रेसले दलित लाई उम्मेद्धार दिन कन्जुस्याई गरेका कारण भातृ सँगठन दलित सँघमा आवद्ध दलित नेताहरु रुष्ट बनेका छन ।
उनिहरुले विज्ञप्ती मार्फत विरोध गरीरहेका छन । एमालेले दुई वटा वडामा अझै टुँगो लगाएको छैन । काँग्रेसको मेयर र उपमेयरको टुँगो लाग्न बाँकि नै छ । दलितहरु लाई सधै भरी भोटरको रुपमा प्रयोग गरेको गुनासो दलितहरुले गर्ने गर्दछन । यसरी जनगुनासो आईरहदा पनि दलित लाई मुख्य पदमा उम्मेद्धार नबनाउनाले दलित प्रति हेर्ने ब्यवहार प्रष्ट रुपमा देखिएको जानकारहरु बताउछन ।