वनघुस्रीमा दुई करोडको लगानीमा कुखुरा र माछा पालन सुरु

शिवु खनाल, देउखुरी, ८ साउन
दाङको लमही वडा नम्बर ५ लमही रातो डाँडा निवासी घनश्याम सुबेदि र कोहलपुर नगरपालिका वडा नम्बर ६ निवासी तेजबहादुर डाँगिले संयुक्तरूपमा वनघुस्रीमा व्यवसायीक रूपमा लोकल जातको कुखुरा पालनको सुरुवात गरेका छन् । सुवेदी लमही नगर विकास समितिको पूर्व अध्यक्ष पनि हुन् भने डाँगि राष्ट्रिय बाणिज्य बैंकका पूर्व म्यानेजर हुन् ।
सुवेदी र डाँगिले लमही नगरपालिकाले घनघुस्री गाउँलाई होमस्टे संचालनका निम्ति घोषणा गरेको उक्त गाउँमा वर्षेनि तीन लाख दिने सहमतिमा आठ विगाहा जग्गा लिजमा लिइ वृहत् रूपमा एक विगहा जग्गामा लोकल जातका कुखुरा, चार विगहामा माछा र अन्य तीन विगहा जग्गामा फलफुल देखिको सुरुवात गरेका छन् ।

सुबेदिले करिब चार वर्ष लमही नगर विकास समितिको अध्यक्षमा रहि काम गरि र डाँगीले करिब तीस वर्ष बैंकमा रहि काम गरि रिटायर भइ आफ्नो कार्यकाल पूरा गरि लमहीको वनघुस्री गाउँमै वृहत् रूपमा कुखुरा पालनको सुरुवात गरिएको उनीेहरूको भनाइ छ । स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म दर्ता गरि पहिलो चरणमा फार्ममा तीन हजार कुखुराबाट व्यवसायि सुरु गरिएको छ । सुबेदिले भने,–। ‘एक विगहा जग्गामा लोकल जातका कुखुरा पालन, चार विगहा जग्गामा माछा पालन र अन्य तीन विगहा जग्गामा तरकारी तथा फलफुल खेति गरेका छौ ।’
घनश्याम सुबेदीले लमही नगर विकास समितिमा चार वर्ष अध्यक्षमा रहि काम गरि र तेजबहादुर डाँगिले तीस वर्ष बैंकमा काम गरि रिटायर भइ लमहीको नमुना वनघुस्री थारू सामुदायिक होमस्टे रहेको वनघुस्री गाउँमा दुई करोड लगानीमा संयुक्तरूपमा व्यवसायी सुरु गरेका छन् ।
तीस वर्ष बैंकमा जागिरको शिलशिलामा विताइयो । बाकि जीवन व्यवसाय गरेर विताउने योजना छ । जस अनुरूप मैले यो पेशा अंगाले, तेजबहादुर डाँगिले भने । यता यो व्यवसायीबाट निकै सन्तुष्ट छु रहेको नगर विकास समितिका पूर्व अध्यक्ष घनश्याम सुबेदिले बताए । चार वर्षपछि नगर विकासमा कार्यकाल सकियपछि अहिले आफ्नो व्यवसायीमा बढि केन्द्रीय छु । स्वर्गद्वारी एकीकृत कृषि तथा पशु पालन फार्ममा चारजनालाई रोजगार पनि दिएको छु उनले भने ।’
दुई करोडको लगानीबाट व्यवसायी सुरुवात गर्नु भएका सुवेदी र डाँगिले फार्ममा लोकल जातका कुखुरा पाँच हजार सम्म पु¥याउने लक्ष्य रहेको बताए । उनका अनुसार कुखुरा प्रति किलो सात सय रूपैयाँका दरले धमाधम लमही, घोराही तुलसिपुर, भालुवाङ, गढवा लगायत अनेत्र जिल्लाहरूमा पनि विक्र गर्दै आएको बताए ।
कटेजमै खपत हुन्छ आफैले उत्पादन गरेको माछा र कुखुरा
वनघुस्रीमा दुई करोड लगानीमा फार्म दर्ता गरि वृहत् कुखुरा र माछा पालनको सुरुवात गर्नु भएका दुई व्यवसायीले फार्मको छेवैमा कटेज संचालन गर्नु भएको छ । दुई करोड लगानी भित्रै कटेज संचालन गरिएको हो । फार्ममा उत्पादन गरेको कुखुरा र माछा प्राय आफ्नै कटेजमा खपत हुनेछ सुबेदिको भनाई छ । उहाँका अनुसार कटेजमा खाजा खान आउने ग्राहक वर्गल रोजिविना कुखुरा र माछा खाना पाउँदा उनिहरूले खुसि व्यक्त गर्छन् । दिनमा कम्तिमा पनि १० देखि १५ वटा कुरा खपत हुने गरेको छ ।

आफ्नै फार्ममा उत्पादन भएको कुखुरा र माछा कटेजमै धेरै जसो खपत हुन्छ ।जस्ले गर्दा फार्म संचालनमा पनि उतिकै सहयोग पुगेको छ, श्याम सुबेदीले भने ।‘प्रदेश नं. ५ कै नमुना फार्मको रूपमा विस्तार गर्ने योजना रहेको । त्यसको लागि नेपाल सरकारको ध्यान जान आवश्यक रहेको छ । एग्रो टुरिजम भित्र पर्ने सबै कुराहरू तयार गर्ने योजना रहेको छ ।’ स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म उत्कृष्ट कृषकका रूपमा लमही नगरपालिकाबाट सम्मानित हुनु भएको थियोे ।

प्रकाशित मिति : २०७७ साउन ८ गते बिहिवार
प्रतिक्रिया