तुलसीपुरमा आगामीदेखी दुधमा डिडिसीको मुल्य लागु हुने

लक्ष्मण विश्वकर्मा ,

तुलसीपुर, ३० असार ।
आगामी साउन महिना देखी तुलसीपुरमा सरकारले जारी गरेको मुल्य लागु हुने भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले निर्धारण गरेको दुधको मुल्य अनुसार अव देखी तुलसीपुरमा दुध विक्रि वितरण गर्न पाईने भएको छ । यस अघि डिडिसीले निर्धारण गरेको मुल्य अनुसार दुध विक्रि नुहदा किसान र उपभोक्ता मर्का परेको भन्दै दुध उत्पादक किसानहरुले गुनासो गरेपछि तुलसीपुरमा डिडिसीको मुल्य कार्यन्वयन गर्ने निर्णय भएको छ ।
तुलसीपुर उपमहानगरपालिका अन्र्तगत पशु सेवा शाखा कार्यालय तुलसीपुरको आयोजनामा मंगलवार तुलसीपुरमा सम्पन्न भएको दुग्ध व्यवसायी र डेरी सन्चालक विचको छलफल कार्यक्रममा यस्तो सहमती भएको हो ।डिडिसीले गत वर्ष मुल्य निर्धारण गरे पनि तुलसीपुर क्षेत्रमा लागु नभएको भन्दै किसानहरुले मुल्य कार्यन्वयन गर्न स्थानिय सरकारको ध्यानाकर्षण गराएका थिए ।
आर्थिक विकास समितिका संयोजक माधव वलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आगामी साउन १ गते देखी लागु हुने गरी डिडिसीले निर्धारण गरेको मुल्यलाई कार्यन्वयन गर्ने सहमति भएको छ ।डिडिसीले गरेको दुधको मुल्य समायोजन अनुसार असोज महिना देखी माघ सम्म प्रतिलिटर ७६ रुपैया र अन्य समयमा प्रतिलिटर ८० रुपैया उपभोक्ताले तिर्नुपर्ने छ । तर अहिले उपभोक्ताहरुले प्रतिलिटर असी रुपैया तिदै आएका छन् ।

     सो अवसरमा बोल्ने बक्ताहरुले दुग्ध पदार्थ विक्रि वितरणमा गुणस्तरियता हुनु पर्ने बताएका छन् ।किसानले उत्पादन गरेका दुध विक्रि वितरणमा गुणस्तरहिन भएको बताउदै उनीहरुले यस प्रति स्थानिय सरकार र सरोकारवाला निकायले नियमन गर्नुपर्ने उनीहरुले बताएका छन् । उपभोक्ता हित संरक्षण मन्च दाङका अध्यक्ष केशव कुमार शर्माले दुध गुणस्तरियतामा स्वंयम उपभोक्ता पनि सचेत हुनुपर्ने बताएका छन् ।यसमा स्थानिय सरकारले नियमन गर्नुको साथै सम्वन्धित उत्पादक किसान,डेरी सन्चालक र सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाई छ ।कार्यक्रमको सहजीकरण पशु शाखा कार्यालय तुलसीपुरका प्रमुख सुवास आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया