लमही नगरपालिकाले मनायो धान दिवस

शिवु खनाल

देउखुरी, १५ असार / नेपाल सरकराले निरन्तर मनाइ रहन । किसानहरुको असाध्दै महत्पूर्ण चार्ड असार १५ अर्थात् धान दिवसका दिन सोमबार धानको ब्याड बोकेर लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको नेतृत्वमा उप–प्रमुख देवका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी लगायत कर्मचारी, पत्रकार र किसानहरू खेतमा प्रवेश गर्नुभयो ।

खेतमा प्रवेश गरेका सबैका हातमा हरिया धनको ब्याड थियो । बाधेका धानको ब्याड खोलेर जब लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले रञ्जना चौधरीको खेतमा धान रोपाइ सुरु गर्नुभयो, प्रमुख केसीसंगै खेतमा पसेका अन्यले पनि हिलोमा खेल्दै, एक अर्कालाइ हिलो छ्याप्दै धमाधम धान रोपाइ सुरु गरे ।

सोही अवसरमा किसानले नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देवका बेल्वासे, वडाध्यक्ष बाबुराम चौधरी लगायत अन्यलाई माटोको टीका लगाइ दिएका थिए । ‘धान उत्पादनमा वृद्धि– आत्मानिर्भरता र समृद्धि’ भन्ने नाराका साथ लमही नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको १७ औँ धान दिवसको अवसरमा भैस्कोर्मा गाउँमा पुगेर किसान रञ्जना चौधरीको दश कठ्ठा खेतमा धान रोपेर १७ औँ धान दिवस मनाएको हो ।

उक्त अवसरमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले १७ औँ धान दिवसको अवसरमा सबै किसानहरुको घरमा यो वर्ष असाध्दै धान उत्पादन होस् र सबैका भकारी भरीभराव हुन् भन्ने शुभकाना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–। ‘यो रमाइलो गर्नका निम्ती होइन, किसानहरुलाई हौसला दिन र खास गरेर कृषि पेशालाई मान्छेले नकारात्मक दृष्टिले हेर्ने, मैले कृषि पेशा गर्छु भन्दा आफैलाई आत्मागलानी हुने, यो परिस्थितीलाई अन्त गर्दै, बास्तमा आत्मानिरर्भर बनाउने पेशा कृषि पेशा हो ।

यसलाई म¥यादित बनाउन सक्यौँ भने मात्रै यो मुलुकले समृद्धि हासिल गर्न सक्छ र जस्ले म कृषि पेशा गर्छु भनेर आत्मा गौरब गर्न सक्ने त्यो वातावरण सृजना गर्नको निम्ती लमही नगरपालिकाले खेतमै आएर धान रोपाइ गरिएको हो । ‘धान रोप्ने कुरा हाम्रो मौलिक कुरा हो । यसलाई प्रेणा दिनु पर्छ भन्ने मनसाएका साथ खेतमा आएर धान रोपाइ गरेको हो ।’

लमही नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको १७ औँ धान दिवसको अवसरमा भैस्कोर्मा गाउँमा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देवका वेल्वासे, प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी, लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी, नगरपालिकाका कर्मचारी, पत्रकार र किसानहरुसंगै हिलो छ्याप्दै दश कठ्ठा खेतमा धान रापिएको थियो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया