२०८३ कार्तिक ११ गते बुधवार

धानलाई मुख्य पेशाका रुपमा अंगालौ : मेयर पाण्डे

तुलसीपुर, १५/तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष अश्वाराकाको धनोजगनारमा धान दिवस मनाएको छ । १७ औं धान दिवसका अवसरमा तुलसीपुर –८ को अश्वारा स्थित धनोजगनारमा उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले खेतमा धान रोपेर रोपाईको सुभारम्भ गरेका थिए । अघिल्लो बर्ष तुलसीपुर १५ मा उपमहागनरपालिकाले धान दिवस मनाएको थियो ।

सो अवसरमा उपप्रमुख माया आचार्य,वडा नम्बर ८ का वडाध्यक्ष बेद बहादुर केसी,वडा नम्बर १८ का वडाध्यक्ष माधव वली, शिक्षक नारायण भट्राई लगायतले धान रोपाईमा सहभागि जनाएका थिए ।अमृतपुर कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ कंवरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम पाण्डेले कृषि उत्पादनको माध्यमबाट आर्थिक रुपमा फट्को मार्न सकिने हुदा यसलाई मुख्य पेशाका रुपमा अघि बढाउनुपर्ने बताएका थिए ।

‘हामि आफुलाई पुग्ने गरि मात्रै खेती गर्छौ, अब अन्यत्र समेत निर्यात गर्ने गरि व्यावसायीक रुपमा अघि बढौ’ं नगर प्रमुख पाण्डेले भने । उपमहानगरपालिकाले विउ उत्पादन र बाली उत्पादनमा किसानलाई अनुदानको ब्यवस्था मिलाएको बताए ।

उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नगर प्रमुखको सचिवालय सदस्य धर्म वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।