बजार नपाउँदा लगाएको तरकारी गाई भैँसीलाई

शिवु खनाल

देउखुरी, ५ जेठ  / डेढ  विगहा जग्गामा लगाएको तरकारीले बजार नपाउँदा गढवा गाउँपालिका वडा नम्बर ६ बोदिपुर निवासी हेमनाराण चौधरीको मुहारमा निरासापन छाएको छ । वर्षीक ३७ हजार जग्गाको भाडा उपलब्ध गराउने जग्गाधनीसंग सम्झौता गरि डेढ  विगहामा लगाएको लौका, भिन्डी, बोडी, करेला लगायत अन्य विभिन्न तरकारी लकडाउनले गर्दा नजिकैका बजार नपाउँदा चौधरीले चिन्ता व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष यही जग्गामा विभिन्न जातका तरकारी उत्पादन गरि दाङ सहित अन्य विभिन्न जिल्लाहरुमा थोकमा विक्री गर्दै आएको थिए । तर यस वर्ष लकडाउनले गर्दा तरकारीले बजारको मुख देख्न पाएन, डेर विगहा जग्गमा लगाएको तरकारी सबै कुहिएर जान थाल्यो, गाइ भैँसीलाई दाना हाल्ने बाध्यता आउँन थाल्यो, यो भनाई चौधरीको हो ।

‘तरकारी खेतीबाट गत वर्ष खर्च कटाएर दुई लाख आम्दानी गर्नु भएका चौधरीले यसवर्ष डेर विगहा जग्गमा लगाएको तरकारी लटरम्ब फलेको छ । गत वर्षभन्दा योवर्ष तरकारीबाट राम्रो आम्दानी हुने ढुक्क थिए तर, तरकारी विक्री गरी राम्रो आम्दानी गर्ने सिजनमा कोरोना भाइरसका कारण नेपाल सरकारले देशभरी लकडाउनको घोषण ग¥यो, जस्ले गर्दा हाम्रो तरकारीले बजार पाउँन सकेन । लगाएको सबै तरकारी बारिमा कुहिन थाल्यो ।’

उहाँले भन्नुभयो,–। ‘यो वर्षको मेहनत पुरै पानीमा गयो । एक छोरी, दुइ छोरालाई पढाउने देखि लिएर घरको सबै खर्च यहि तरकारी खेतिबाट धानेको थिए ।’ तरकारीले बजार नपाउँदा लगानी एक लाख डेर विगहा जग्गमा तरकारी कुहिएर खरानी भयो । यसवर्ष जग्गाको भाडा कसरी तिर्ने हो, थाहा छैन । यसवर्षमा जम्मा ७७ हजारको तरकारी विक्री गरे, त्यही रुपैँया पनि बारीमा काम गर्ने मजदुरलाई दिन ठिक्क भयो ।’

खर्च कटाएर यसवर्ष दुई लाख भन्दा बढि तरकारी खेतीबाट आम्दानी गर्ने लक्ष्य राख्नु भएका चौधरीले अहिले सम्म लगानी समेत नउठेको गुनासो पोख्नुभयो । पन्ध्र हजार बुझ्ने बेलामा पन्ध्रसय बुझ्नु परेको छ । यो वर्ष प्युठान, रोल्पा, लमही, घोराही लगायत स्थानमा मेरो तरकारी गएन । अन्य जिल्लाबाट तरकारीको लागि फोन आयो तर पठाउन सकिएन ।

यो लकडाउनले रूवायो । यसवर्ष किसानले लगाएको तरकारीले बजार नपाउदा देउखुरीका व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरु चिन्तित बनेको छन् । लकडाउनले गर्दा किसानहरुको तरकारीहरु खेतबारीमै कुहिन थालेपछि धेरै जसो देउखुरीका किसानहरुले गुनासो पोख्ने गरेका छन् ।।

 

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया