सरकार,यस्तै हाे भने लास गनेर बस्नुको विकल्प हुने छैन !

२०७७ बैशाख ३१

Advertisement

मंगलबार दिउसो बर्दियाबाट कोरोना संक्रमित उपचार गर्न बेलझुण्डी आउने हल्लाले सामाजिक संजाल निकै तातियो । जुनसुकै ठाउँको बिरामी भएपनि उपचार गर्न पाउनु पर्ने र ल्याउनु हुँदैन भन्नेका बिच आ–आफना तर्कहरु आइरहे र जुहारीनै चल्यो । कसैले मानविय संवेदनालाई बुझ्नु पर्ने तर्क राखे भने कसैले होईन प्रदेश र जिल्ला सिल गर्नुका कारण नै कोरना भित्रीन नदिनका लागि हो भने दाङको तुलसीपुर स्थित बेलझुण्डीमा किन ल्याउने दिने भन्ने तर्क अघि सारे ।

Advertisement

सवाल प्रदेश र जिल्लाको होईन अमेरिकाको नागरिकले पनि उपचार गर्न पाउनु पर्छ । तर समस्या ल्याउने र न ल्याउनेका बिच होईन । समस्या सरकारको व्यवस्थापनको कुरा हो । पश्चिम नेपालको एक मात्र सुविधा सम्पन्न भनिएको नेपालगंजमा २१ बाट २२ जना कोरोना संक्रमितको उपचार गर्दा जिल्ला बाहिर लग्नुपर्ने परिस्थीती कसरी उत्पन्न भयो ?

Advertisement

जहाँ सयाैं बेडका अस्पतालहरु छन् ।  २२ जना बिरामी राख्दा ठाउँ छैन भन्ने अवस्था किन आयो ? कि आएको बजेट अन्य बेड देखाएर झ्वाम पारियो कि बेडको अभाव देखाएर फेरी खाने सोच पलायो । करिब ३ करोड जनसंख्या रहेको नेपालमा दुई सय संक्रमित भेटीदा नेपालको यो हालत छ भने भोली गाउँका गाउँ नागरिकमा कोरोना पुष्टि भयो भने के होला अवस्था ?

लाश गन्ति गरेर बस्नुको विकल्प हाम्रो सामु हुने छैन । यसले के देखाउँछ भने नागरिकको जीवन रक्षाका लागि भन्दा पनि सरकार आफ्नो कुर्सीका लागि लडिरहेको पुष्टि हुन्छ । कोरोनासंग जुध्ने भन्दापनि सत्ता बचाउने ध्याउन्नमा सरकार लागेको छ । पहिल्या नै तयार भएका सरकारी अस्पताल र भवनहरुमा आइसोलेसन वार्ड निर्माण गरेर उपचार गर्ने वातावरण सृजना गर्न नसक्ने सरकारले नागरिलाई रोग, भोग र शोकबाट बचाउन सक्ला त ?

कोरोना भाइरस सङ्क्रमण को महामारी विरुद्ध लड्न, जनशक्ति परिचालन, स्वास्थ्य औंषधी तथा उपकरण खरिद, उद्धार तथा उपचारका लागि भन्दै सरकारले ५ अर्ब ६२ करोड रुपैयाँ खर्च गरिसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिइसकेका छन् ।  कोरोना नियन्त्रणका लागि मात्रै खर्च भएको याे अर्बौ रुपैयाँ आज कहाँ गयो ? 

महाविपत्तीमा रोगलाई देखाएर भ्रष्टाचार भएको छ भने त्यसको छानविन हुुनुपर्छ । हैन भने यसको प्रभावकारी अनुगमण गरेर जनतालाई प्रत्येक हिसावकितावको जवाफ सरकारले दिनुपर्छ । यदि लकडाउन मात्रै यसको विकल्प थियो भने किन अरबौं पैसा खर्च गर्ने ?     यति लामो समय सम्म सरकारले के हेरेर बस्यो ?   किन सामान्य उपचारको समेत व्यवस्थापन गर्न सकेन ?   सरकारको यो गतिले के कोरोना निणन्त्रण हुन सक्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *