तुलसीपुर, २९ बैशख
तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सोमबारदेखि मकैको विउँ वितरण सुरु गरिएको छ । व्यवसायिक कृषिको विकासका लागि उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई मकैको विउँ वितरण गरेको हो ।
विभिन्न सञ्चार माध्यमबाट सूचना प्रशारण र प्रकाशन गरेर किसानहरुबाट निवेदन आव्ह्वान गरिएको अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए । उनले उन्नत जातको विउँका साथै अनुदान पनि दिने भएपछि किसानहरुको धेरै माग आएको उनले वताए ।
२ सय किसानले निवेदन दिएकोमा सोमबार ८३ किसानले अनुदानको मकैको विउँ लगेको कृषि विकास शाखाका कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिए । उनले १० क्विन्टल २० किलो मकै वितरण गरिएको पनि जानकारी दिए ।
जेठ पहिलो साताबाट धानको विउँ वितरणलाई अगाडि वढाइने पनि चौधरीले वताए । धानको विउँका लागि करिव ३ सय किसानहरुले निवेदन दिएको पनि उनको भनाई थियो । ५० प्रतिशत अनुदानमा विउँ पाएपछि किसानहरु निक्कै खुसी भएका छन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।