२०८३ जेष्ठ २५ गते सोमवार

लिपुलेक : चीनको विश्वास गुमाउँदै नेपाल

२७ बैशाख २०७७ 

व्रिटीस इन्डियासंग र चीनसंग भएका सिमा सम्झौता अन्य ऐतिहासिक दस्तावेजहरुले लिपुलेख र सो वरिपरीका क्षेत्र नेपालको भूभाग हो भन्ने कुरा प्रमाणीत तथ्य हो । तर विगत केहि दशक देखि भारतीय विस्तार वादले नेपालको उक्त भूभागलाई जबरजस्ती कब्जा गर्दै आएको छ ।
नेपालको तर्फबाट यस सम्बन्धमा उठाईएका आवाजको निरन्तर वेवास्ता गर्दै आएको भारतले लिपुलेख हुदै कैलाश मानसरोबर जाने बाटो निर्माण गरि हिजो शुक्रबार भारतीय रक्षामन्त्रीले उद्घाटन समेत गरेको समाचारले नेपाल र नेपाली पुनः तरंगित भएका छौ । हाम्रो राष्ट्रियता माथि भारतीय प्रहारद्धारा पारिएको दशकऔं लामो घाउमाथि थप बज्र प्रहार भएको छ ।

हाम्रो भूभाग भएर बाटो बनाउँदा समेत हामी बेखबर हुँदा हाम्रो सजगता हाम्रो देशभक्ती र हाम्रो स्वाभीमानले लजाको शिर निहुराएको छ । यो बेखबरी साँचिकै पिडादायी छ । हाम्रा गृह प्रशान, रक्षामन्त्रायलय, गुप्तचर विभाग, प्रशासनिक समेयन्त्र सरकार, सत्तापक्ष, प्रतिपक्ष, लगाएत सबै तर्फ यो वेपरवाहीले नैतिक प्रश्न खडा गरेको छ । सत्तामा जान र सत्ताबाट खुस्काउन राष्ट्रियताको नारा दिने तर त्यस प्रति गम्भिरतापूर्वक समर्पण नदेखाउने समग्र हाम्रो राजनीतिक प्रणाली, चिन्तन, यो दुःख परिस्थीतिका लागि जिम्मेवार छ । यसले हाम्रो कुटनीतिक कौशल र क्षमता माथि पनि गम्भिर प्रश्न चिन्ह लागेको छ ।

तर यो समग्र परिस्थीतीमा चीनियाँ मौनता हाम्रा लागि निकै दुःखद दुरगामी, प्रभाव पार्ने खालको छ । लिपुलेख र सो वरिपरिको क्षेत्र नेपालको भूभागहो भन्ने जान्दाजान्दै केही बर्ष अघि भारत र चीन बिच लिपुलेख हुदै व्यापारीक नाका खोल्ने सहमतिले चीन समेत लिपुलेखको सन्र्दभमा नेपाली अडान प्रति प्रतिबद्ध नभएको वा वेवास्ता गरेको देखिन्छ । हुनत सन १९६० को दशक जस्तो भारत चीनबिच अहिले पनि सत्रुतापूर्ण सम्बन्ध छैन । दुबै देशका ठूलाबजारमा आफनो पहुँच पुरायउन व्यस्त छन् ।

तर पनि सधै नेपालको संवेदनशिलतालाई उच्च प्रथामिकता दिदै आएको चिन लिपुलेखको सन्र्दभमा कि रहस्यमय मौनता साँधेको छ अहिलेको गम्घिर प्रश्न हो । चीन र भारत बिच आपसी स्वार्थ भएपनि चीनको मौनताको मुख्य कारण हामीप्रति चीनीया विश्वसनियता गुमाउनु प्रमुख कारण हो । दक्षिणको विशाल तर सानो मन भएको छिमेकि भारतले नेपाली सिमा अतिक्रमण लगाएत नेपालको सार्वभौमिकता अखण्डतालाई पटक पटक चुनौति दिदै आएको कुनै नयाँ कुरा होइन ।

तर उत्तरी छिमेकी चीनले नेपाली सार्वभौमता र अखण्डता प्रति सधै सच्चासम्मान, प्रकट गर्दै आएको छ । यस कारणले पनि नेपाल निल्ने आर्थिक विस्तार वादको प्रयास सफल हुन सकेको छैन । सन १९६० (विक्रम सम्बद २००१७ साल) तिर भारतले नेपालमाथि कूदृष्टि लगाउदा चीन सरकारले एक वक्तव्य प्रकाशित गरि नेपालमाथि भएको कुनैपनि प्रकारको आक्रमण चीन माथि आक्रमण भएको ठानिने र त्यसको प्रतिरोध चीनले गर्ने जनाएपछि भारत नेपाल माथि आक्रमण गर्न हिच्कीचाएको थियो ।

तर अहिले किन भारतले लिपुलेख लगाएतका क्षेत्रमा अतिक्रमण गर्दा चीन मौन बसेको छ । यसको प्रमुख कारण हो हामीले आफनो विश्वसनियता गुमाउनु । अथवा अर्को शब्दमा चीनको विश्वास प्राप्त गर्न नसक्नु । यसका धेरै कारण होलान तर यसका लागि हामीनै मुख्य दोषी हो ।मलाई प्रधानमन्त्री मन्त्री, बनाईदिनु प¥यो, उसलाई सत्ताबाट फुस्काईदिनु प¥यो । भनि बिहान भारतसंग दिउसो चीनसंग साँझ अमेरिकासंग र राति यूरोपियनसंग पुग्ने हाम्रो कम्जोर र अविश्वसनिय बानी ले गर्दा हामीले अन्तराष्ट्रिय समुदायको अझ विशेष गरि हाम्रा हरेक दुःखसुखमा साथ दिदै आएको र विश्वको महाशक्ती बन्न थालेको उत्तरी छिमेकी चीनको विश्वास हामीले गुमाउँदै छौ । चीन सधै स्थिरताको पक्षमा छ । कम्युनिष्ट विचारका कारण नेपाली कम्युनिष्ट प्रति उसको थोरे सहानुभूति हुनसक्छ ।

तर नेपालको बैधानिक सत्तामा जो आएपनि चीनले विश्वासीलो सम्बन्ध कायम गर्न चाहन्छ । चाहे त्यो हिजो राजासग होस वा काँग्रेस, कम्युनिष्ट अथवा अरुसंग होस । चीनीया कुटनीति हाम्रो जस्तो छैन । चीनीयाहरु कम बोल्छन । काम धेरै गर्छन । संसारमा शान्त कुटनीतिमा सर्वोच्च स्थान चीनीया कुटनीतिको छ । उनिहरु त्यसै अनुसार आन्तरकि र बाह्य नीति लागु गर्छन । दृष्ढ संकल्प गर्छन । संकल्पलाई पुरा गरि छोड्नछन । कोराना महामारीलाई जित्न चिनीया सफल प्रयासले पनि चिनीयाहरुको दृढतालाई संकेत गर्दछ । कम बोल्ने काम धेरै गर्ने, विश्वास गर्ने, विश्वासघात गर्न मन नपराउने चीनीया कुटनीतिको शैली हो ।

तर हाम्रो शैली कुरा धेरै गर्ने काम कम गर्ने विश्वाससीलो वातारवारण सृर्जना गर्न नसक्ने, तत्तकालिन लाभकापछि दौडने, थोरै स्वार्थ परिपूर्ति हुँदा पुरानो सम्बन्धलाई तत्काल तोड्ने केटौले र अस्थिर चरित्रले क्रमश चीनको विश्वास हामीले गुमाउदैछौ । अपठेरो परेका बेलामा भाँडो सजीलो परेको बेलामा ठाँडो ठान्ने हाम्रो आत्माघाति चरित्रले गर्दा चीन हामीसंग क्रमश टाढा हुदैछ । त्यसैको प्रतिबिम्ब लिपुलेखमा भारतले मनपर्दी गर्दा पनि हाम्रो पुरानो र विश्वसनिय मित्र चीनको रहस्यमय मौनता हो ।

चीनीया राष्ट्रपतिको नेपाल भ्रमण निकै महत्वपूर्ण थियो । तर त्यसमा भएका सहमति कार्यान्वयन भारतीय नाकाबन्दीबेला भएका चीनसंग भएका समझदारी लागु गर्ने लगाएतका कुरामा हाम्रो अरुचि र असफलताले पनि चीन हामीसंग टाढीदै गएको हुनसक्छ । चीन विश्वको महाशक्ती हो र हाम्रो सार्वभौमिकताको बलियो पहरेदार ।

मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिदैन । दक्षिणको सानो मन भएको विस्तार बादी चरित्रको भारतको हस्तक्षेप रोक्न पनि चीनसंगको मित्रता र उक्त मित्रतामाथि चीनको बलियो विश्वास महत्वपुर्ण साधन हो । तर हाम्रा काम कारबाही चालचलनले गर्दा दशकौ पुरानो मित्रराष्ट्र चीनको विश्वास हामीेले गुमाउँदै गएको प्रमाण लिपुलेख विवादमा चीनको मौनताले देखाउँछ । हामीले आफनो विश्वसनियतालाई पुर्नस्थापना गर्न सकेनौ भने आगामीदिनमा नेपालको सार्वभौमिकता र अखण्डताका लागि निकै दुःखद पनि हुनसक्छ । त्यसैले आन्तरिक रुपमा राष्ट्रिय एकतालाई बलिायो पारौ अन्तराष्ट्रिय रुपमा चीन लगाएत हाम्रा भरपर्दा मित्र राष्ट्रहरुको विश्वास आर्जन गरौ ।

प्रकाशित मिति : २०७७ बैशाख २७ गते शनिवार
प्रतिक्रिया