शिवु खनाल
देउखुरी, २६ बैशाख / लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँका स्थित सुरज चौधरीले बिगत पाँच बर्षदेखी विभिन्न किसिका घाँस खेती गर्दै आएका छन् । चौधरीले आफ्नै ६ कट्ठा जग्गामा भटमासे, सितलचिनी, बकाईना, इपिलिपी, मोलाटो, सुम्बासेटेरिया जस्ता विभिन्न जातका घाँसको खेती गर्दै आएको बताए ।
उनले भने,–।‘नर्सरी गर्न लागेको ५ बर्ष भयो । पशु पालन तिर लाग्ने धेरै छन् तर, घाँसलाई पनि आधुनिक तरिकाले खेती गर्नु पर्ने देखिएकोले मैले घाँस खेती गरेको हँु ।’ ‘घाँस खेती गर्न लागेको अहिले ५ बर्ष भयो अहिलेसम्म कतैबाट अनुदान पाएको छैन चौधरीले भने ।’
चौधरीले खेती गरेको घाँस दाङ जिल्ला र नगरपालिकामा खास्सै चासो नभएको बताउदै बरु जिल्ला बाहिर पठाउने गरेका छन् । प्रचारप्रसार नभएको कारणले गर्दा पनि बजारिकरणमा समस्या भएको चौधरीले बताए ।
तर बिगत पाँच बर्षको अवधिमा उनले उत्पादन गरेका डाले तथा भुइँ घाँस कैलाली, प्युठान बाँके लगायत विभिन्न जिल्लाहरुमा किसानले लैजाने गरेका उहाँको भनाइ छ ।
अन्य घाँस भन्दा यो जातको घाँस पशुहरुको आहाराको लागि अत्यन्तै पोसिलो हुने लमही नगरपालिका पशु सेवा उपशाखा कार्यालय लमहीका पशु अधिकृत शिबराज न्यौपानेले बताए । कृषकहरुको माग अनुसार लमही नगरपालिका वडा नम्बर २ बरुवागाउँमा रहेको सुरज डाले तथा भुइँ घाँस नर्सरी र लमही नगरपालिका ५ लमही स्थित पुनाराम केसीको उत्सव एभरग्रीनको फुलवारी नर्सरीको शुक्रवार एक टोलिले स्थलगत अध्ययन र अनुगमन गरेको छ ।
अनुगमन पश्चात् लमही नगरपालिका वडा नम्बर २ बरुवागाउँ स्थित रहेको सुरज डाले तथा भुइँ घाँस नर्सरी उत्कृष्ट भएकोले ५० हजार बराबरको अनुदान प्राप्त गरेको छ ।
स्थानीय सरकारले किसानको हकमा प्रोत्साहन सम्बन्धि कार्यक्रम ल्याउनु पर्ने उनको माग छ । साथै उत्पादन गरेका बस्तुलाई बजारीकरण गरिदिन सके किसानको मेहनत खेर नजाने नर्सरी संचालक चौधरीको भनाई छ ।
लमही नगरपालिका नगर उप–प्रमुख देबका बेल्बासे, शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्री, प्रशासन लोकनाथ ज्ञवाली, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरण चौधरी, पशु अधिकृत शिवराज न्यौपाने, यज्ञ बहादुर ओलिले अनुगमन गरेका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।