समुन्द्री तटमा बिकिनीमा देखिएकी प्रियंका

एजेन्सी

बैशाख ३० – प्रियंका चोपडाका केही फोटो सोसल मिडियामा सेयर गरिएको छ । यसमा उनी कालो बिकिनीमा देखिएकी छिन् । फोटो त्यतिबेला खिचियो जब प्रियंका शुक्रबार आफ्नी साथी एड्रियाना लीमा (ब्राजिलकी सुपरमोडल) सँग साउथ मायामीको समुन्द्री तटमा क्वालिटी टाइम बिताइरहेकी थिइन् । बेस्ट अफ प्रियंका नामको ट्वीटर ह्यान्डलमार्फत यी फोटोहरु सार्वजनिक गरिएका हुन् जसमा लेखिएको छ, ‘लाइफ इज नट अ फोटोसुट’ (जिन्दगी एक फोटोसुट होइन)

– प्रियंका अहिले २५ मे मा रिलिज हुन लागेको आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ को प्रतिक्षामा छिन् । ड्वेन जोनसन स्टारर यो फिल्मका केही दृश्यमा प्रियंका बिकिनीमा देखिएकी छिन् ।

प्रकाशित मिति : २०७४ बैशाख ३१ गते आइतवार
प्रतिक्रिया