२०८३ कार्तिक ११ गते बुधवार

मकैको विउँमा तुलसीपुरका किसानलाई ५० प्रशित अनुदान

  ओपेन्द्र बस्नेत तुलसीपुर, १५बैशाख / तुलसीपुर क्षेत्रका किसानलाई मकै खेतिका लागि उन्नत विउँमा ५० प्रतिशत अनुदान दिइने भएको छ । पछिल्लो समय किसानहरु हाईब्रिट जातका मकै तर्फ आकर्षित भइरहेका बेला त्यसलाई रोक्न तुलसीपुर उपमहागनरपालिका अन्तर्गत रहेको कृषी विकास शाखाले यस्तो तयारी गरेको हो । हाईब्रिट बिउँको खेति गर्दा त्यसबाट उत्पादीत मकै पुनः विउँमा प्रयोग गर्न नसकिने र विउँका लागि सधै बाहिर परनिर्भर रहनु पर्ने भएकाले उन्नत विउँ तर्फ किसानलाई आकर्षित गर्न अनुदानको प्याकेज अघि सारिएको कृषी विकास शाखा प्रमुख धनराज गौतमले जानकारी दिए  । मकैको विउँ अनुदान लिनका लागि किसानले सम्बन्धित वडा कार्यालय वा कृषी शाखामा पनि सम्पर्क गर्न सकिने बताइएको छ । शाखाले सम्पर्कका लागि ०८२५२००१६ मा सिधै सम्पर्क गरेर मकैको विउँ कति आवश्यक पर्छ सोही अनुसार टिपाउन भनेको छ । उन्नत जातको मकैको विउँका लागि अहिलेसम्म करिब १५ मेट्रीक टनको माग आएको कृषी विकास शाखाले जानकारी दिएको छ । मकै रोप्ने समय बैशाख महिनलाई उपयुक्त मानिन्छ । तुलसीपुर उपमहागनरपालिका क्षेत्र भित्र ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा मकै खेति हुदै आएको छ । बार्षिक ८ हजार ९ सय मेट्रीक टन उत्पादन हुने मकैकालागि बिउँ मात्रै १ सय १० मेट्रीक टन आवश्यक पर्ने शाखा प्रमुख गौतमले जानकारी दिए । विभिन्न सहकारी र किसानको घरमा करिब ४४ मेट्रीक टन विउँ भएको र अन्य करिब ६६ मेट्रीक टन विउँ आवश्यक पर्ने कृषी शाखाले जानकारी दिएको छ । लकडाउनले कृषीलाई कुनै असर नपर्ने बताइएको छ । ‘एग्रोभेट र कृषी सामग्री संस्थानसंग बसेर छलफल भएको छ । पहिलो चरणमा खेति गरिने मकै बालिका लागि रासायनिक मल पनि प्रयाप्त छ ,’ शाखा प्रमुख गौतमले भने  –‘ विउँ पनि कुनजातको लगाउने हो । त्यो पनि तयारी अवस्थामा छ । लकडाउनले ढुवानीमा कुनै असर पार्दैन ।’ विभिन्न समयमा आउने विषम परिस्थीतिमा सम्भावित खाद्यन्न संकट टार्नका लागि र पुनः प्रयोगमा ल्याउन सकिने, तथा रोग किरा लाग्नबाट बचाउन र उत्पादन र कम खर्चिलोका लागि पनि उन्नत जातको बिउँ उपयुक्त भएको कृषी शाखाले जनाएको छ ।    

प्रकाशित मिति : २०७७ बैशाख १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।