९ बैशाख, २०७७
सर्वविदितै छ कि गाँस,बाँस कपास पस्चात स्वास्थ्य स्थिति अत्यावश्यक कुरा हो। तत्पस्चात मात्र शिक्षाको अनिवार्यतामा जोड दिइनुपर्छ । मूलतः शिक्षाले चेतनाको अभिवृद्धि गर्न सघाउ पुरयाउँछ। यसर्थ,मानव स्वास्थ्य सुधारमा शिक्षाको अहम् भूमिका रहेको हुन्छ।
वर्तमानमा कोरोना भाईरस(कोभीड-१९) का कारण विश्व समुदाय त्रसित मात्र होइन प्रायः ठप्प झैं छ भने हाम्रो देश नेपाल पनि Lock down को स्थितिबाट गुज्रीरहेको छ ।
विधमान विषम परस्थितीले गर्दा संसारमै करिब ९९:% विद्यालयहरूमा Face to face शिक्षणद्वारा पठनपाठन अवरुद्ध हुँदा झन्डै ९५% भन्दा धेरै बालबालिका शिक्षा लिनबाट बन्चित हुन पुगेको तथ्यांक हालसालै प्रकाशित भएको छ।
तथापि उपलब्ध प्रविधि रबस्तुनिष्ठ अवस्थानुसार थुप्रै देशहरूले विद्यालय सन्चालन गरिरहेको पनि देखिन्छ।युरोपेली देशहरू जस्तै फ्रान्स, जर्मनी,अस्ट्रीया आदिलेचाडैँ नै विद्यालय सन्चालनको योजना बनाईरहेको देखिन्छ यधपी केही अभिभावक, शिक्षाविद लगायत सरोकारवालाले भने चिन्ता व्यक्त गरेको कुरासुन्नमा आएको छ।
चिनको वुहान क्षेत्रमा कोरोना प्रकोप कम भएर Lock down मा केही सहजता देखिए पनि विद्यालय खोलिएको छैन।यु.एस. को अवस्थालाई हेर्ने हो भने Maryland लगायतका केही राज्यहरू शै. स. को अन्तमा भए पनि विद्यालय सन्चालन गर्ने पक्षमा छन् भने virginia लगायत केहि स्थानहरूमागृश्मकालिन बन्दको सूचना जारी गरिएको छ।
यसैगरि कोरोनाको प्रभाव कम देखिएका देशहरू जस्तै ताजिक्स्थान,पूर्व शोभियतसंघ आदिले विद्यालय सन्चालन गरेका त छैनन् तर छुट्टीलाई दोब्बर बनाएका छन् । कतिपय देशहरूले कोरोनाको महामारीलाई रोक्नजुटेका त छन् तरविद्यालय सन्चालनमा रोक लगाएका छैनन् ।
ताईवानमा पनि लामो विदा पछि गत पुस (Feb.)देखि विद्यालय सन्चालनमा आएका छन् । स्वीडेनमा पनि विद्यालय सन्चालनमा आएको अवस्था छ।
अब, छलफल र बहस गर्नै पर्छ कि नेपालमा विद्यालय सन्चालनका उपायहरू के के हुन सक्छन् ? पक्कै पनि असहज पर्स्थितीमा पूर्ववत रूपमा विद्यालय सन्चालन गर्न त सम्भव नहोला तर सन्चालनका उपायहरूको खोजीगरिनुपर्छ ।
अझै भन्ने हो भने, स्थान विशेष र सुरक्षाको अवस्था हेरेर फरकफरकरणनीति तयार गर्नुपर्ने पनि हुनसक्छ ।
केही सम्भाव्य उपायहरूबारे यहाँ चर्चा गर्न सान्दर्भिक नै हुन्छ।
दूरशिक्षालाई प्रभावकारी बनाउन निजी क्षेत्र र राज्यस्तरको सहकार्यमा ICT को अधिकतम र अनिवार्य प्रयोगमा जोड दिई परिवेश अनुसार रेडियो,टेलिभिजन,मोबाइल-फोन,ल्यान्ड लाइन फोनलगायत सञ्चारका सबै माध्यमद्वारा online teaching को व्यवस्थापन गरेर विद्यालयलाई सन्चालन गर्न ढिला गर्नु हुँदैन।
विद्यालयमा कार्यरत शिक्षक –कर्मचारीलाई समेत आवश्यकतानुसार आलोपालो मिलाई बोलाएर अध्यापनमा गर्न लगाउने व्यवस्था मिलाईविद्यालय सन्चालन गर्न सकिन्छ ।
स- साना कक्षामा अध्ययनरत विध्यार्थीका लागि सम्बन्धित निकायले audio/visual मा आधारित पाठ्यक्रम विकास गरि स्थानिय रेडियो,टेलिभिजन तथा नेट- ईन्टरनेटको माध्यमबाट घरमै बसी अध्ययन गर्ने व्यवस्ता मिलाउने र समय सारीणी अनुसारसहजीकरण एवं मूल्यांकनको जिम्मा सम्बन्धित विद्यालयका शिक्षकले लिने र सो कार्यको लागि स्वयं शिक्षक नै घर गाउँ बस्तीमा पुगेरशिक्षणको सहजीकरण गर्नुपर्ने वयवस्था सहित विद्यालय सन्चालन गर्न सकिन्छ।
स्कूल बसभित्र वा कक्षा कोठामा निस्चित दूरीको व्यवस्थापन गर्ने,स्यानीटाइजरको ब्यवस्थापनगर्ने र बेला बेलामा शिक्षक-कर्मचारी एवं विध्यार्थीको ज्वरो मापनको समेत अनिवार्य चाँजोपाजो मिलाएर विद्यालय सन्चालन गर्न सकिन्छ।
घर,विद्यालय वा सार्वजनिक स्थानमा समेत हात धुने व्यवस्था गर्दै मास्कको प्रयोग एवं सामाजिक दूरीको अनिवार्यतालाई हृदयङ्ग्म गरे नगरेको निरक्षण गर्ने व्यवस्था मिलाई विद्यालय सन्चान गर्न सकिन्छ।
अबको युगSchool at home(स्कुलबिहिन) र Paperless study(कागजबिहिनपढाई) तर्फ अघि बढीरहेको हुँदा गर्हुङ्गो झोला विस्तापनगर्नेगरी यो महामारीको बेला अत्यावश्यक शिक्षण सामग्रीकोरूपमा सकेसम्म ल्याबटब,पामटब/टयाबलेट प्रत्येक शिक्षक/विध्यार्थीलाई उपलब्ध गराउने र नि:शुल्क net-inetrnet वितरणको व्यवस्था मिलाई प्रविधिमैत्री शिक्षक अनि प्रविधियुक्त्त विद्यालयको योजनासहित विद्यालय सन्चालन गर्न सकिन्छ ।
परस्थितीको जटिलतालाई मध्यनजर गर्दै अभिभावकको भूमिकालाई जिम्मेवारी सहित थप परिभाषित गर्ने र टोल- बस्तीमा उपलब्ध जनशक्तिलाई उपयुक्त तालिम- प्रशिक्षण दिई सहजकर्ताको रूपमा परिचालन गर्ने तर आधिकारिक मूल्यांकन प्रमाणीकरणका लागि विद्यालयको जिम्मा रहने गरि विद्यालय सन्चालन गर्न सकिन्छ।
माथी उल्लेखित उपायहरू नै अन्तिम समाधानहोइनन् तसर्थ आफ्नो गाउँ,ठाउँ र स्रोतसाधनमा आधारित रहेर स्थानीय तहको विशिष्टता हेरेर विद्यालय सन्चालन गर्दै बालबालिकाको भबिस्य सुनिस्चित गरिनु आजको आवस्यकता हो भन्नेमा शायदै दुई मत नहोला।






