लमहीमा करिम तरकारी गोदाम सिल

शिवु खनाल

लमही, ९ बैशाख /दाङको लमही एउटा तरकारीको गोदाम सिल गरिएको छ । भारतबाट २५ बोरा प्याज ल्याएको करिम तरकारी गोदाम सिल गरिएको हो ।

लमही नगरपालिका वडा नम्बर ५ कोइलावास रोडमा रहेको करिम तरकारी पसलका संचालक अवदुल करिमले भारतबाट ल्याएको प्याजको बुद्वभुमि नगरपालिका तौलिहवा स्टार आलु तथा फ्रुट सेन्टरबाट नक्कली विल बनाई नेपाल प्रवेश गराई लमही ल्याएका देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए ।

सोमबार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्स लमहीका अध्यक्ष अजय न्यौपाने र वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाको रोहबरमा तरकारी गोदाम सिल गरिएको गरिएको हो ।
यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले भारतबाट ल्याएको तरकारी राखिएको गोदाम घर वरपरमा किटाणु मार्ने स्प्रे गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया