२०८३ जेष्ठ २५ गते सोमवार

काेराेनासंग जुध्न मानसिक रुपमा तयार हुनुपर्छ

 

८ बैशाख २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना कोभिड १९ नामाकरण गरेको कोरोना भाइरस गत डिसेम्बरमा चीनको बुहानमा देखा परेको थियो । अहिले यो कोरोना भाइरस विश्वका एकसय दश, देशमा फैलिएको छ ।  तिब्रगतिमा कोरोना भाइरसले हालसम्म १ लाख ६५ हजार २ सय २९ जनाको मृत्यु भएको छ । २४ लाख ४ हजार ७१ जना संक्रमित छन् भने ६ लाख २४ हजार ६ सय १८ निको भएर फर्किएका छन् ।

तिब्रगतिमा स्वास प्रस्वासबाट फैलिने भाइरस रोग भएपनि मृत्यु दर हेर्दा कम नै नोक्सानी भएको मान्नुपर्छ । यो नयाँ रोग भएकाले यसको खासै आंैषधी बनीसकेको छैन ।

अहिले एउटा कुरा के आएको छ भने भारतमा बन्न थालेको हाईड्रोेक्सीक्लोरोकुइनलाई भारतमा उपचारमा ल्याएका छन् र अमेरिकाले यसको माग गरेको छ ।

अब यसको अहिले देखिनै प्रभावकारी उपचार भनेको लकडाउन, निगरानी, क्वरोन्टाइन, होम क्वारेन्टाइन, एकान्तबास, आइसोलेसन, अनि अक्सिजन, भेन्टीलेटर, एन्टीवायोटेक , सिटामोल यीनै सबै प्रयोग भएका छन् र प्रभावकारी देखिएका छन् ।

भेन्टीलेटर लगएतका उपकरणरुहरुले रोगबाट बचाउन जीवन रक्षक बनेको कुरा चिकित्सकहरु बताउछन् । अहिले विश्वका हजारौं प्रयोगशाला कोभिड १९ प्रतिरोधी खोप बनाउन व्यस्त छन् ।

खोप जनाबरमा प्रयोग भइरहेको छ । यो प्रयोग सफल भयो भने मानिसमा प्रयोग हुनेछ । क्रमशः बजारमा आउने छ । विश्वको तथ्याङ्क हेर्दा कोरोनाले बालबालिका, युवाहरुलाई भन्दा अन्य रोगबाट संक्रमित दिर्घरोगी, वृद्धवृद्धाहरुको मृत्यु संख्या धेरै देखिन्छ ।

संचार माध्यमको पहुँचले आम मान्छेमा एकातिर चेतनाको अभिवृद्धि गर्ने, हात धोएर भित्र पस्ने , घरभित्रै बस्ने, स्वास्थ्यमा सावधानी, स्वस्थ खाना, सामाजिकदुरी र व्यक्तिगतदुरीमा बस्न चेतना अभिवृद्धि गरेको छ भने अर्को तर्फ गलत सूचना प्रवाह हुदा मानिसमा असुरक्षा बोझ चिन्ता, भएको देखिन्छ ।

हामीले भएको चिन्ताबाट मुक्तगरी प्रत्येक व्यक्तिलाई उत्साह बनाउने काम सबैले गर्नुपर्छ । नेपालमा अहिलेसम्म संक्रमितको सख्या ३१ पुगेको भने मृत्यु कसैको पनि भएको छैन । चारजना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् ।

अब हामीले अहिले परेको विपदबाट सही नीति, योजना, प्रकोप पहिचान, विश्लेषण र पूर्व तयारीको पक्षमा दरिलो नीति बाएनौ भने कोरोना जस्ता प्रकोपलाई अगामी दिनमा निराकरण गर्न सकिन्छ ।

अहिले हामी सबैले कोरोनाबाट लड्न अग्रमोर्चामा रहेका चिकित्सक, नर्सहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन र उनिहरुको मनोबल बढाउन सरकारले एथासीघ्र पहल गर्नुपर्दछ । सुरक्षामा खटीएका सुरक्षाकर्मीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ र उनको उत्साह बढाउने सबैकाम सरकारले गर्नुपर्छ ।

सत्यतथ्य सहि सूचना संकलन र सम्प्रेसन गर्ने मिडीयाकर्मीहरु पनि यो कोरोनासंगको युद्धमा अग्रमोर्चामानै छन् । उनिहरुलाई पनि सरकारले स्वास्थ्य सामग्री, जिवन रक्षा र स्वास्थ्य सुरक्षमा ध्यान पु¥याउनु पर्छ ।

हाम्रो मुलुकमा सल्लाह र सुझाव दिने दलहरु पनि छन् । नागरिक समाज छ । यी सबै सल्लाह सझावलाई संकलगरी वर्तमान अवस्थामा सही व्यवस्थापनको कार्यान्वयन तीनवटै सकारबाट आमजनताले प्राप्त गर्नुपर्छ ।

हामी सबैले नीति नियम, कानुन, विधि, विधान, आदेश निर्देशनको पालना गर्नुपर्दछ भने तीन तहकै सरकारले स्वास्थ्य सुरक्षा, असक्त असाहय, असंगठित मजदुरहरुको खाना र बस्नकालागि एथासिघ्र उचित राहातको व्यवस्था गर्नुपर्छ ।

यसरी हामीसबै एकमत भएर आ–आफनो ठाउँबाट अनुशासित र एकजुट भएर लाग्यौ भने कोरोना परास्त गर्न सक्छौ ।
यो हिकमत नेपाली जनातामा हिजो पनि थियो र आज पनि छ ।

बर्तमान विपदको समयमा सरकारी गैरसरकारी निकाय, पेशागत समूह व्यवसायी, कलाकार खेलाडी आदी सबैले सरकारलाई सहयोग गर्नुपर्छ । परीक्षण उपचार सकारात्मक पक्षको विकास गर्नुपर्छ । दाता,दानीहरुले पनि राष्ट्रलाई विपद परेका बेला आर्थिक स्तर अनुसार राज्यलाई आर्थिक सहयोग गर्नुपर्छ ।

यो माहामारीसंग जुध्न हामी सबै भौतिक तथा मानसीक रुपमा तयार हुनुपर्छ । सबैको सामुहिक प्रयासले मात्रै कोरोना संक्रमणालाई परास्त गर्न सकिन्छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार
प्रतिक्रिया