६ बैशाख, २०७७
संसार अहिले गम्भिर संकटमा परेको छ । कोरोना भाइरसको आतंकले अधिकांस विश्व लकडाउनमा छ भने आम जनता अत्यन्त त्रसित छन् । हुनत ज्ञात इतिहासमा समेत विभिन्न कालखण्डमा यस्ता संकटहरु बेहोर्दै मानवजाति आजसम्म यहाँ आइपुगेको हो ।
तथापि अहिलेको संकट हाम्रो युगको सम्भवतः सबै भन्दा भयानक र विश्व्यापी, संकटको रुपमा देखा परेको छ । यो संकटका पछाडी, के के कारण होलान् । ती सम्बन्धित विज्ञले क्रमशः अनुसन्धान गर्दै जालान् ।
ढिलो चाँडो बैज्ञानिकहरुले खोप वा औंषधीको आविस्कार गर्लान भन्ने कुरामा आशाबादी पनि रहन सकिन्छ । तर यो संकटले संसारभरका मान्छेहरुलाई विशेषतः राज्यको शक्ति र सत्तामा बस्नेहरुलाई गम्भिर आत्मसमीक्षा गर्ने अवसर पनि प्रदान गरेको छ ।
मानव जातिले प्रकृतिमाथि गरेको कुरुर दमनतः यस्ता संकटको कारक तत्त्व त होइन ? भन्ने प्रश्न अहिले संसार भरिका वुद्धिजीमा उठेको छ । यसले विकासको प्रकृति विरोधी मोडेल अव काम लाग्दैन भन्ने कुरा प्रष्ट संकेत गरेको छ ।
यसैगरी बलिया सम्पन्न शक्ति राष्ट्रहरुको स्वास्थ्य सेवाको हविगत हेर्दा हाम्रा नीति, कार्यक्रम र प्राथमिकतालाई पनि यो संकटले उदांगो पारिदिएको छ ।
विशेष गरी क्रूर नाफामा चल्ने व्यवस्थामा आमजनताको स्वास्थ अवस्था संकट परेका बेला कति दयीनिय हुँदोरहेछ भन्ने कुरापनि छर्लङग भएको छ । त्यसैले राज्य व्यक्ति मुखी हैन समाज र समुदाय मुखी हुनुपर्छ भन्ने कुरा यो संकटले पुन: प्रमाणीत गरिदिएको छ ।
यो सन्दर्भमा नेपाल जस्ता मुलूकका लागिपनि गतिलो शिक्षा हुनसक्छ । नेपालका प्रमुख राजनीतिक दलहरुले दशकौदेखि गरिब, कम्जोर, स्वास्थ्य सेवाद्धारा बन्चितहरुका पक्षमा नारा लगाएपनि व्यवहारीक रुपमा त्यसो नगरिएको निजी क्रूर नाफा मुखी स्वास्थ संस्थाहरुलाई नै टेवा दिएका कारण ठूलाठूला भनिने निजी अस्पतालहरु संकटका बेलामा सेतो हात्ती प्रमाणीत भएका छन् ।
त्यसैले अबको आन्दोलन वा दबाब शिक्षा र स्वास्थ सम्पुर्ण रुपमा राज्यको अधिनमा हुनुपर्छ र स्वास्थ्य सेवा काठमान्डौमा मात्र हैन मुलुकका विभिन्न भेगमा पुर्याउनु पर्छ भन्ने पक्षमा हुनुपर्दछ ।
यसै सन्दर्भमा सरकारले समयमै लकडाउनको घोषणा गरेर जो जहाँ छौ । त्यही बसौंको नीति अख्तियार गरेको छ । सामान्यतः जो जहाँ छौ त्यही बसाै भन्ने नीति गलत हौइन् ।
तर मुख्यतः काठमान्डौ लागाएत मुख्य शहरहरुमा रहेका हजारौं श्रमिकहरुको अवस्थालाई पूर्व आँकलनगरि उनिहरुलाई खानपानको व्यवस्थागरि हाल बसीरहेकै ठाउँमा राख्न पूर्व योजना बनाउन, जनतालाई सूसूचित गराउन र जनताको विश्वास जित्ने काममा सरकार सफल हुन सकेन ।
मुलत: पु¥याउने तत्परता देखाउनु पथ्र्यो ।
यसको अभावले गर्दा अहिले हजारौ गरिब श्रमिकहरु हप्तौ लगाएर नाङ्गो खुट्टा , भोक प्यास सहित आफनो घरतर्फ लागिरहेको र कतिपयको त बाटोमै मृत्यु भएको समाचार स्तब्ध पार्ने खालको छ ।
तिनै गरिब मजदुरहरुको बलिदानमा प्राप्त गणतन्त्रमा यी परिदृष्य देखिनु पिडाजनक छ । राज्यका आफना बाध्यता पनि होलान तर यस्ता परिदृष्य देखिनुमा बाध्यता मात्र हैन गरिब र उत्पिडीत समुदायप्रति राज्यको लगातार संवेदन हिनता पनि हो ।
गरिब जनताको भोटबाट निर्वाचित हुने तर भ्रष्टदलाल पुजीपतिहरुसंग लसपसहुने हाम्रो मुलुको राजनीतिक बिडम्बना पनि अहिलेको दुःखद स्थिीतिकालागि जीम्मेवार छ । यो कुरा यो सरकार ऊ सरकारको प्रश्न होईन, हाम्रो राजनीतिको खोटमा रहेको प्रश्न हो ।
कोराना भाइरसको संकट बलिदान दिएर पनि अन्ततः समाप्त हुने छ । तर यसबाट पाठ सिक्न सकेनौ भने फेरी अर्को संकटलाई हामी निम्त्याउँने छौ । त्यसैले इतिहास घटनाको बिबरण मात्र होइन घटनाबाट लिने गतिलो शिक्षा पनि हो ।






