जनपथ र शसस्त्र प्रहरीलाई खिरखान निशुल्क दुध

तुलसीपुर, २९ चैत्र

तुलसीपुरका दुग्ध उत्पादक किसानले खिर खानका लागि भन्दै प्रहरीलाई निशुल्क एक सय साठी लिटर दुध दिएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गराउन रातदिन खटेका जनपथ प्रहरी र शसस्त्र प्रहरीलाई किसानले दुध उपलब्ध गराएका हुन् ।

दुग्ध उत्पादक किसानले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पायण्डे द्धारा जनपथ प्रहरीलाई एक सय दश लिटर र शसस्त्र प्रहरीलाई ५० लिटर दुध उपलब्ध गराइएका हुन् । ।

दुध उत्पादक संघका नगर अध्यक्ष लोकराज डाँगी लगाएतका किसानको सहभागितामा दुध हस्तान्तरण गरिएको तुलसीपुर उपमहागनरपालिकाको मेयर सचिवालय प्रमुख मानबहादुर रावतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २९ गते शनिवार
प्रतिक्रिया