प्यारासाईटले जित्यो ओस्कार २०२० को उत्कृष्ट चलचित्र अवार्ड

काठमाण्डौ, २७,   माघ
( यस वर्षको ओस्कारमा कोरियन चलचित्र प्यारासाईटले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । हलिउड चलचित्रको सबैभन्दा सम्मानित अवार्डका रुपमा रहेको ओस्कारमा यो वर्ष बोङ्ग जून(होको निर्देशनमा बनेको चलचित्र प्यारासाईट सर्वोत्कृष्ट ठहरिएको हो ।

सर्वोत्कृष्ट निर्देशकको अवार्ड पनि प्यारासाईटका निर्देशक बोङ्गले नै जिते । सर्वोत्कृष्ट चलचित्रमा प्यारासाईटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोजो र्‍याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो । प्यारासाईटले सर्वोत्कृष्ट अन्तर्रा्ष्ट्रिय अर्थात अंग्रेजी भाषाभन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ ।

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते ।

यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितिन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

 

प्रकाशित मिति : २०७६ माघ २७ गते सोमवार
प्रतिक्रिया