तुलसीपुर,२१ माघ ।
तुलसीपुरमा जारी महोत्सवको आज समापन गरिदै छ । हिजो समापन गर्ने भनिएपनि एक दिन थप गरिएको थियो ।
तुलसीपुर उद्योग बाणिज्य संघको निर्माणाधिन सभाहललाई पुर्णता दिने र टरिगाउँ एयरपोटको स्तरोन्नती गर्ने उद्देश्यका साथ तुलसीपुर महोत्सव २०७६ आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसैविच, महोत्सवको अन्तीम दिन आज गायिका आस्था रावत,टिका प्रसाई मिस्टर आरजे,शनि विश्वकर्मा लगायतका कलाकारको प्रस्तुती रहने छ । हिजो एघारौ दिनमा दर्शकको घुईचो लागेको थियो ।
प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार


















