तुलसीपुर, २० माघ।
राष्ट्रिय सभा सदस्य कोमल ओलीले चलचित्र क्षेत्रलाई बुझेको तथा विकास बोर्डलाई हाक्न सक्ने व्यक्ति नै चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दाबी गरेकी छिन्। हाल रिक्त रहेको नेपाल राष्ट्रिय चलचित्र विकास बोर्ड अध्यक्षको को बन्ने राष्ट्रिय बहसको विषय बनेकै बेला कलाकार एवं सांसद ओलीले तुलसीपुरमा चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा बोल्दै यस्तो दावि गरेकि हुन । नेपाल सरकारले विकास बोर्ड अध्यक्ष छनोटको प्रक्रिया अगाडि बढाइसकेकाले अबको केहि दिनमै बोर्डले अध्यक्ष पाउने समेत बताइन्।
चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रममा सांसद ओलीले संसदबाट राष्ट्रिय चलचित्र नीति पास भयो भने कलाकार तथा चलचित्रकर्मीको हकहित एवं समग्र चलचित्र क्षेत्रको विकासका लागि थुप्रै काम गर्न सकिने कुरामा समेत जोड दिइन्।
चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के।सी।ले गरेका थिए ।
अहिले महानायक राजेश हमाल,नायक एवं निर्माता भुवन केसी,वरिष्ठ निर्देशक तथा हालका विकास बोर्ड सदस्य दयाराम दाहाल,निर्देशक केपी पाठक,कलाकार नवल खड्का लगाएतको नाम भावी अध्यक्षको लाइनमा रहेको चर्चा छ तर अलि बढी चर्चा चाहिँ दयाराम दाहाल र भुवन केसी को नै रहेको छ,कतिपय फिल्मकर्मीले त यी दुई पात्र मध्ये एक नै भावी अध्यक्ष हुने सम्मको ठोकुवा गर्छन्।


















