तुलसीपुर उपमहानगरपालिकामा रहेको गरिबीलाई पाँच बर्षमा सुन्यमा झार्न सक्छु : पाण्डे

तुलसीपुर १८ बैशाख
नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका केद्रिय सदस्य घनश्याम पाण्डेले एमालेलाई चुनावमा विजयी बनाएमा  गरिबीलाई सुन्यमा झार्ने बताएका छन् । नेकपा एमाले तुलसीपुर उपमहानगरपालीका १४ ले करङ्गामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले ऋणमाथि जनताको पहुँच पुरयाउने बताए । गरिबको ऋणमाथी पुहँच नहुँदा नेपाली जनता दिनप्रतिदिन गरिब हुदै गएको भन्दै उनले उपमहानगरपालिकामा ५० करोड कोषको स्थापना गर्ने योजना सुनाए । ऋण पाउन र बैंकमा जानका लागि अब कांग्रेस हुन नपर्ने भन्दै गरिब र धनिको पहिचानका लागि परिचयपत्रको व्यवस्था गर्ने बताए ।

परिचय पत्रका आधारमा गरिबलाई ऋण, स्वास्थ्य र शिक्षमा पहुँच पुरयाउने र पाँच बर्षमा गरिबीलाई सुन्यमा झार्ने लक्ष्यका साथ एमाले अघि बढेको बताउदै केन्द्रिय सदस्य पाण्डेले उनिहरुलाई कृषी र उद्यमशील बनाएर आम्दानीका श्रोतहरुमा वृद्धि गर्ने बताए । सोही अवसरमा नेकपा एमाले जिल्ला कमिटी दाङका उपाध्यक्ष हुकुम बस्नेतले निर्वाचनको विकल्प नभएको बताएका छन् । हालसम्मका उपलब्धीलाई बचाउन र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनको विकल्प नभएको बताए । अव मूलुकको सम्वृद्धिविना नयाँ नेपालको परिकल्पना गर्न नसकिने भन्दै नेपाली युवहरुलाई स्वेदशमै रोजगारीका अवसरहरु प्रदान गर्नु पर्ने बताए ।


विदेशी खाडीमा हैन नेपालमै आर्थिक उपार्जन गरेर मुलुकलाई सम्वृद्धिको बाटो तर्फ अग्रसर गराउनु पर्ने भन्दै त्यसको लागि नेकपा एमालेको नेतृत्व आवश्य रहेको बताए । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १४ का वडा संयोजक रेशमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा पारिवारीक नीजि वन महासंघका केन्द्रिय अध्यक्ष जोगराज गिरी, उपंयोजक लक्ष्मणकुमार शर्मा, एमालेको तर्फबाट वडाअध्यक्षका उम्मेदवार बलबहादुर विक, युवा नेता बालाराम वली , ऋखिराम बस्नेत, चुर्णबहादुर बस्नेत लगाएतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख १८ गते सोमवार
प्रतिक्रिया