काठमान्डौं , ५ माघ
अभद्र व्यवहारमा प्रहरीले गायिक आस्था राउत विरुद्ध मुद्दा दर्ता गरेको छ । बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले प्रहरीलाई जथाभावी गालीगलौज गरेको आरोपमा राउतविरुद्ध पीडित भनिएकी महिलाले प्रहरीले अभद्र व्यवहार उजुरी दिएपछि मुद्दा दर्ता गरेको जानकारी दिए ।
एसएसपी सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने एसएसपी सुवेदीले बताए ।
बुधबार काठमान्डौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।


















