चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा पुन

तुलसीपुर,२७ पौष ।
चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन । संघको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा उनि अध्यक्षमा निर्वाचित भएका हुन । यस अघि उनि संघको कोषाध्यक्ष थिए । यस्तै संघको उपाध्यक्षमा सन्तोष केसि,सचिवमा पुर्ण के.सि, सह सचिवमा निरला अर्याल गैरे,कोषाध्यक्षमा तिर्थराज चौधरि निर्वाचित भएका हुन ।

नौ सदस्यीय कार्यसमिति रहेको सदस्यहरूमा भुपेस वलि ,मिना खड्का, राजेश खत्रि र आशिष केसि रहेका छन । संघका अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्य र संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यमा अधिबेशनको उद्घाटन भएको थियो । यसैविच, जिल्ला अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैया राशिको देवलोचन रङ्ग पत्रकारिता पुरस्कार वाट सन्तोष केसी पुरस्कृत भएका छन ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार
प्रतिक्रिया