तुलसीपुरमा महोत्सवको तयारी तिब्र

तुलसीपुर,२६ पुस ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ ९ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको छ । महोत्सको तयारी तिब्र रुपमा अघि बढेको छ । ऊँशान्ती सिनेमा हलको अघिल्तीरको खाली जग्गामा स्टल निर्माणका लागि धमाधम काम भैरहेको आयोजक सचिवालयका संयोजक रुप बहादुर खत्रिले जानकारी दिएका छन । उनले मुख्य प्रायोजक ग्लोवल आईएमई संग सम्झौता गरिएको पनि जनाएका छन । महोत्सवले तुलसीपुर उपमहानगरपालीकाले थालेको घुम्न जाऔं तुलसीपुर अभियानलाई थप टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २६ गते शनिवार
प्रतिक्रिया