दबंग ३’लाई धक्का !

पुस १३, २०७६ एजेन्सी

काठमाडौँ — सलमान खानको फिल्म ’दबंग ३’ यसपाली धेरै कुराको मारमा पर्‍यो । एक त फिल्म भारतमा नागरिकता कानुनलाई लिएर भइरहेको उग्र प्रदर्शनको चपेटामा पर्‍यो ।

यसले गर्दा फिल्मको व्यापारमा १५ देखि २० प्रतिशत गिरावट आएको अनुमानट्रेड एक्सपर्टहरुले गरे । त्यसमाथि दबंग श्रृंखलाको सबभन्दा कमजोर फिल्म भनेर यसको समीक्षा आयो। यसले पनिफिल्मको व्यापारलाई असर गर्‍यो। यसैले फिल्मले ९ दिनमा जम्मा १ सय ३३ करोडकोव्यापार गर्‍यो। दुई सय करोड कमाउने अपेक्षा गरिएको फिल्मको जम्मा कमाई डेढ सयकरोड कट्न सक्ने नसक्नेमा आशंका व्यक्त गरिएको छ।

’दबंग ३’को कमाई सीमित हुनुमा योशुक्रबार आएको फिल्म ’गुडन्युज’ले दिएको धक्कालाईपनि कारण मानिएको छ। अक्षय कुमार र करिना कपुरजस्ता स्टारले अभिनय गरेको योकमेडीले पहिलो दिन नै निकै राम्रो व्यापार गर्‍यो। दबंगको दोस्रो शनिबार व्यापारह्वात्तै खस्किएर जम्मा ४ करोडमा झर्‍यो । जबकि यसै दिन ’गुडन्युज’ ले २१ करोडको व्यापार गर्‍यो।

हुन त गुडन्युजको पहिलो हप्ता र दबंग ३ को दोस्रो हप्ता भएकाले पनि यिनको व्यापार उस्तै नहुनु स्वभाविक हो । तर, अक्षयको फिल्म नआएको भए सलमानको फिल्मको व्यापार अझै बढी हुनसक्ने अनुमान ट्रेड विज्ञहरुले गरेका छन् ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया