कंगना–प्रियंका बिच दुश्मनी

बलिउडमा कलाकारबीचका दुश्मनीका किस्सा अनेक छन्। एकअर्काको मुखै हेर्न नचाहने, मौका पाए एकअर्कालाई सिध्याउन खोज्ने शत्रुताको उदाहरण इन्डस्ट्रीमा प्रशस्त छन्।

बलिउडमा दुश्मनीको प्रसंग आउँदा सबैले कंगना रनोट र प्रियंका चोपडाका अनुहार सम्झने गर्छन्। यी दुई अभिनेत्रीको शत्रुताबारे बेलाबखत समाचार र गसिप आइरहन्छन्। उनीहरू एकअर्काको नामै सुन्न चाहँदैनन्।

उसो त बलिउडकी ‘क्विन’ अभिनेत्री कंगना विवादमा फसिरहन्छिन्। बलिउडमा उनका धेरै कम साथी छन्। नसोची, मुखमा जे आयो त्यही बोल्ने बानीले उनी विवादमा परिरहन्छिन्।

उनले आफ्नो तीतो बोलीको निसाना प्रियंकालाई बनाउने गरेकी छिन्। प्रियंका पनि के कम? इँटको जवाफ पत्थरले दिने गर्छिन्। यी दुईको ‘क्याट फाइट’ जगजाहेर छ। उनीहरूको दुश्मनीको सुरुवात फिल्म ‘फेसन’ को सुटिङका क्रममा भएको थियो। फिल्म हिट भयो। जसको श्रेय कंगनाले आफूलाई दिएकी थिइन् भने आफ्ना कारणले फिल्म हिट भएको प्रियंकाले बताएकी थिइन्। हिट फिल्मले उनीहरूको दुश्मनीलाई पनि नयाँ उचाइमा पुर्‍यायो। र, अहिले पनि उनीहरू दुश्मनी निर्वाह गरिरहेका छन्। एजेन्सी

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया