काठमान्डाै,१७ भदाै
जेसिसको प्रस्तुति राईटपाथ ‘मिस टिन नेपाल २०१९’को ताज सिन्डी बज्राचार्यले जित्न सफल भएकी छिन् । शुक्रबार प्रज्ञाभवनमा आयोजित फाइनल प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई उछिन्दै सिन्डीले २०१९ को मिस टिन नेपालको उपाधि हासिल गरेकी हुन् ।
उनले अल्टर क्रियशन मिस ईन्टेलिजेन्टको उपाधि पनि पाइन् । प्रतियोगिताको फस्ट रनरअप भइन् सबिना कार्की । भने, सेकेण्ड रनरअप धरानकी प्रज्ञा भण्डारी भइन् । उनले एफएनएस मिस पर्सनालिटीको उपाधि समेत पाइन् ।
प्रकाशित मिति : २०७६ भाद्र १७ गते मङ्गलवार


















