तालमा डुवेर बेपत्ता युवकको खोजी गर्न गोताखोर टोली आउने

सल्यान, १२ असार । सल्यानको कपिण्डेतालमा डुवेर बेपत्ता भएका एक युवक अहिले सम्म पनि फेला पर्न सकेका छैनन् । गएको सोेमबार बेलुकी तालमा पौडी खेल्न गएका वनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षीय गोकुल बुढा बेपत्ता भएको प्रहरीले बताएको छ । उनी बेपत्ता भए देखी नै प्रहरी र स्थानियको सहयोगमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको भन्दै थप खोजी कार्य गर्नका लागी गोताखोरको टोलीलाई बोलाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार १२ गते बिहिवार
प्रतिक्रिया