तुलसीपुरमा अत्याधुनिक सिसि क्यामरा जडान गरिदै

तुलसीपुर, ५ असार

तुलसीपुरका विभिन्न क्षेत्रमा अत्याधुनिक सिसी क्यामरा जडान गरिने भएको छ । अपराधलाई न्युनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले अत्याधुनिक सिसी क्यामरा जडान गर्न लागिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । करिब ५ बर्षअघि राखिएका सिसी क्यमरा विग्रीएपनि मर्मत नभएको गुनासो आइरहदा पहिलो चरणमा करिब १५ वटा सिसी क्यमरा जोड्ने तयारी गरीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

२०७१ सालमा तुलसीपुरको विरेन्द्रचोक, विपिचोक र बसपार्क जाने ओरालोमा तुलसीपुर उद्योगबाणिज्य संघ र तुलसीपुर उपमहागनरपालिकाको सहकार्यमा सिसी क्यमरा जडान गरिएको थियो । यद्यपी राखेको केहिसयम नपुग्दै विग्रीएपनि मर्मत सम्भारको अभावमा क्यमरा त्यत्तिकै पोलमा झुण्डिएका छन् । प्रहरीले सल्यान रोड, तुलसीपुर– घोराही सडक खण्डको हात्तीखौवा चोक, अमिलिया–तुलसीपुरक सडकको गुम्राह चोक, तुलसीपुर–सुर्खेत सडक, बजारका मुख्य भाग, मान्छेको बढी विडभाड हुने स्थान लगाएतलाई आधार मानेर ६० वटा अत्याधुनिक सिसी क्यामरा जडानकालागि ३ महिना अघि एक करोडको प्रस्तावना तुलसीपुर उपमहागनरपालिकामा पेश गरेको थियो ।
प्रहरीले तुलसीपुर उपमहागनरपालिकाले उपलब्ध गराउने सिसी क्यमरा राख्ने ठाउँको छनोट आजदेखि छनौट गर्न लागेको छ । ‘हामीले तुलसीपुर उपमहागनरपालिकाको सहयोगमा हाई रेञ्जको फोर के सिसी क्यमरा ल्याउदैछौ,’ प्रनाउ शाहीले भन्नुभयो– ‘यो जडान भएमा विभिन्न खोले अपराधिक घटना सजीलै प्रष्ट रुपमा देखिने भएकाले प्रहरी कारबाहीमा सहजता आउछ ।’ प्रनाउका अनुसार सिसी क्यमारा बाहिरबाट ल्याउनु पर्ने भएकाले ढिला भएको बताउनुभयो ।

क्यामराले फोहर फाल्ने र चोरी गर्नेलाई देखाउछ ः मेयर
यता तुलसीपुर उपमहागनरपालिकाले बजारमा फोहर फाल्नेदेखि चोरी गर्नेलाई कानुनी कट्घरामा ल्याउन क्यमराले सहयोग पु¥याउने बताएको छ । बजारमा फोहर फ्याँक्ने, चोरी गर्ने, तिब्रगतिमा गाडी कुदाउने र विभिन्न अपराध गर्ने व्यक्तिको क्यामराको सहायताले पहिचान सजीलै खुल्ने भएकाले कारबाही गर्न सहज हुने उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । ‘हामी तुुलसीपुरलाई स्वच्छ सफा र शान्ति क्षेत्रका रुपमा विकास गर्न चाहन्छौ,’ नगर प्रमुख पाण्डेले भन्नुभयो– ‘ अब कसैले लुकेर बाटोमा ल्याएर फोहर फाल्ने, चोरी गर्ने सपना नदेखे हुन्छ । किनकी कसले के के ग¥यो भन्ने कुरा सबै सिसी क्यमाराले हामीलाई भनिदिन्छ । ’ क्यामराको मनिटर भने इलाका प्रहरीमा राखिने छ ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया