प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व भ्रमण टोली आज स्वदेश फर्कदै

काठमाडौ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधवार स्वदेश फर्कंदै हुनुहुन्छ ।वैशाख २६ गते समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको टोली आज अपरान्ह कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम भ्रमण गर्नुभएको थियो ।त्यसपछि उहाँ कम्बोडियाको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली सहित उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली रहेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया