आफ्ना अधिकार आफै खोज्नुस : उपप्रमुख आचार्य

तुलसीपुर, २७ बैशाख । तुलसीपुर उपमहागनरपालिका उपप्रमुख माया आचार्यले आफना अधिकार आफै खोजेर कार्यान्वयनका लागि दबाब दिन आवश्यक रहेको बताउनुभएको छ । दलित महिला संघ दाङले तुलसीपुरमा आयोजना गरेको दलित सम्बन्धी बजेट विषयक कार्याशाला गोष्ठिको उद्घाटन गर्दै उपप्रमुख आचार्यले संविधानमा दलितका थुप्रै अधिकार समेटिएकाले आफै खोजेर कार्यान्वयनमा जोडदिनुपर्ने बताउनुभयो । दलितका मुद्दा मात्रै भन्दापनि अब सबैका साझा मुद्दा र विकासका मुद्दालाई उठाएर दलित महिलाले समाजको नेतृत्व गर्नु पर्ने बतादै आचार्यले समाजिक एकता र भातृत्वलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा सभागि वडाध्यक्षहरुले वडाहरुले दलितका मुद्दाहरुलाई प्रथामिकतामा राखेर योजनाको तयारी गर्ने गरेको बताएक थिए । सो अवसरमा आयोजक संस्था दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले संविधानमा उल्लेखित दलित महिलाको हधिकार, सवाल, दलित लक्षित योजना तर्जूमा लगाएतका विषयमा र कार्यक्रम संयोजक पोषण सेन्चुरीले दलित महिला संघले गरेका गतिविधि र आगामी रणनीतिका विषयमा प्रष्ट्याउनु भएको थियो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका ६ का वडाध्यक्ष नबराज लामीछाने, १८ का वडाध्यक्ष माधव वली, १ का वडाध्यक्ष लक्ष्मण भण्डारी, तुलसीपुर उपमहानरपालिका कार्यपालिका सदस्य यमुना परियार लगाएतले आ–आफना धारण व्यक्त गरेका थिए । कार्यशाला गोष्ठिमा दलित महिला सदस्य, दलित महिला समूहका अध्यक्ष लगाएत ३० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया